अभियान सोचेभन्दा बढी प्रभावकारी– जनस्वास्थ्य
पोखरा, १० चैत / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा सञ्चालित राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमको छैठौं चरण अन्तर्गत कास्कीका झण्डै २२ प्रतिशत जनताले हात्तिपाईले रोगको औषधि नखाएको पाईएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका अनुसार भर्खरै सकिएको छैठौं चरणको कार्यक्रममा ७८ दशमलव १ प्रतिशतले हात्तिपाईले रोगको औषधि खाएका छन् ।
तर प्रतिशतका आधारमा हेर्दा यो नतिजा सन्तोषजनक र उत्साहप्रदक रहेको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका अधिकृत लक्ष्मीभद्र वाग्लेले बताए । बसाईंसराईं, यकिन तथ्यांकको अभाव र केही औषधि खान नहुने अन्य रोगका बिरामीहरुका कारण शत प्रतिशत नतिजा हात नलाग्ने उनले बताए ।
प्रतिशतका आधारमा हेर्दा यो नतिजा सन्तोषजनक र उत्साहप्रदक रहेको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका अधिकृत लक्ष्मीभद्र वाग्लेले बताए । बसाईंसराईं, यकिन तथ्यांकको अभाव र केही औषधि खान नहुने अन्य रोगका बिरामीहरुका कारण शत प्रतिशत नतिजा हात नलाग्ने उनको भनाई छ ।
“यो तथ्यांक कास्कीमा अत्यन्तै राम्रो र उत्साहजनक हो”, वाग्लेले भने– “केही व्यवहारिक कारणले सबैलाई औषधि ख्वाउन सकिने अवस्था हुँदैन, हामीले जनगणनाको तथ्यांकलाई आधार मानेर लक्ष्य निर्धारण गर्ने हुँदा तलमाथी पर्नु स्वभाविक हो ।”
उनले अभियानको क्रममा औषधि खान छुटेकाहरुले नजिकको स्वास्थ्य संस्था तथा जनस्वास्थ्य कार्यालय कास्कीमा सम्पर्क गरी औषधि सेवन गर्न आग्रह गरेका छन् ।
कास्कीमा यसबर्ष ६२ जना हात्तीपाइले रोगका बिरामी भेटिएका थिए । त्यसमध्ये १४ जना खुट्टा सुनिएका ४१ जना हाइड्रोसिल भएका तथा ७ जना अन्य अंग प्रभावित भएका बिरामीहरु फेला परेका थिए । बर्षेनी हात्तिपाईले रोगका बिरामी भेटिनुले कास्की हात्तिपाईलेको उच्च जोखिममा रहेको जनस्वास्थ्य अधिकृत वाग्लेको भनाई छ ।
कास्कीका सबै गाविस र नगरपालिका क्षेत्रमा गरी ४ लाख ९३ हजार ४ सय २७ जनालाई औषधि खुवाउने लक्ष्य राखिएपनि ३ लाख ८५ हजार २ सय ४२ जनालाई औषधि वितरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका अधिकृत वाग्लेले जानकारी दिए । कार्यालयले गत फागुन २३, २४ र २५ गते अभियान सञ्चालन गरेको थियो । छैठौं चरणको अभियानका क्रममा कार्यालयले २ हजार ७ सय ८० जना स्वयंसेवक र ३ सय १५ जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो ।
Comments are closed.