कास्कीमा ६८ हजार बढी गाडी कारबाहीमा

पाेखरा ६ साउन/कास्कीमा गएको आर्थिक बर्षमा ६८ हजार सवारी साधन कारवाहीमा परेका छन् । नियम विपरित सवारी साधन चलाउने, मादक पदार्थ सेवन गरी सावारी साधन चलाउने, कागजात नबोक्ने, दुर्घटना गराउने र ज्यान मार्ने लगायतका घटनामा कास्कीमा ६८ हजार १ सय सवारी साधन कारवाहीमा परेका हुन् ।Traffic-Rajaswo

जिल्ला ट्राफिक प्रहरी कार्यालयलले दिएको जानकारी अनुसार कारबाहीमा पर्नेमा बढी मोटरसाईकलको संख्या बढी छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक श्यामु अर्यालका अनुसार गएको आर्थिक बर्ष ०७१÷७२ मा ३२ हजार पाँच सय ७९ मोटरसाईकल कारवाहीमा परेका हुन् ।

आर्थिक बर्ष २०७०÷७१ मा ५५ हजार ६ सय सवारी कारबाहीमा परेका थिए । त्यसमा मोटरसाईकलको संख्या २८ हजार ३ सय ६२ रहेको अर्यालले जानकारी दिए । आव ०७१र७२ मा १९ सय ७० सवारी मापसे कारबाहीमा परेकोमा मोटरसाईकलको संख्या १५ सय ७० छ ।

४१ जनाको ज्यान गयो

सवारी दुर्घटनाबाट गत आर्थिक बर्षमा ४१ जनाको ज्यान गएको छ । गएको असोजमा मात्र कास्कीमा ७ जनाको ज्यान गएको थियो भने १३ जना घाईते भएका थिए । असोजमा सबैभन्दा धेरै २४ वटा दुर्घटना भएका थिए । गएको फागुनमा सराङकोटको दुर्घटनाले मृतकको संख्या बढेको प्रहरीले जनाएको छ । अघिल्लो बर्ष ८७ वटा दुर्घटना भएकोमा पछिल्लो बर्ष पनि ८७ वटै दुर्घटना भएको छ । पछिल्लो आर्थिक बर्षमा ज्यान गुमाउनेको संख्या अघिल्लो आर्थिक बर्षमा भन्दा ५ जना बढेका छन् । आर्थिक बर्ष २०७०÷७१ मा ३६ जनाको ज्यान गएको थियो ।

१९ सय बढी लाइसेन्समा प्वाल

कास्कीमा गएको आर्थिक बर्षमा सवारी नियम उल्लङ्घन गर्ने १९ सय बढी सवारी चालक अनुमतिपत्रमा (लाइसेन्से)मा प्वाल परेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार दुर्घटना गराउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने लगायतका १९ सय ७० लाइसेन्सेमा प्वाल पारिएको हो ।
ट्राफिक प्रहरी कार्यालयले पछिले समय सवारी साधन चेकजाँचमा कडाई गरेसँगै कारवाहीमा पर्नेहरुको संख्या बढेको आर्यालले जानकारी दिए । नियम उल्लङ्घन गर्नेलाई नछाड्ने अर्यालले दाबी गरेका छन् । ‘हामीले दुर्घटना बढेसँगै चेकजाँचलाई कडा बनाएका हौं’ अर्यालले भने ‘चेकजाँच बढेसँगै दुर्घटनापनि कम भएका छन् भने कारवाहीमा पर्ने बढेका छन् ।’

दुई करोड बढी राजश्व

सवारी साधन कारवाही बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले राजश्व संकलन पनि बढाएको छ । गत आर्थिक बर्षमा गरिएको सवारी साधन कारवाहीबाट २ करो बढी राजश्व संकलन भएको छ । ट्राफिक प्रहरी प्रमुख अर्यालका अनुसार गत आर्थिब बर्षमा नियम मिच्ने सवारी साधनबाट २ करोड १८ लाख रुपैयाँ राजश्व संकलन भएको छ । ६८ हजार १ सय सवारी कारबाहीबाट यो रकम संकलन भएको हो । कास्कीमा सबैभन्दा बढी कारवाहीमा पर्ने मोटरसाइकल रहेका छन् पनि त्यबाटै राजश्ज संकलन पनि बढी रहेको छ । कास्कीमा गएको आर्थिक बर्षमा ३२ हजार ५ सय कारबाहीमा परेका थिए । मोटरसाईकल कारबाहीबाट मात्रै १ करोड १६ लाख रुपैयाँ संकलन भएको अर्यालले जानकारी दिए । बर्षभरि १ हजार ९ सय ७० वटा सवारी साधन मादक पदार्थ सेवनमा कारवाहीमा परेका थिए । जसबाट १९ लाख ७० हजार रुपैयाँ संकलन भएको कार्यालयले जानकारी दिएको छ ।

‘नो पार्किङ’मा कडाई

सवारी चापसँगै पोखरामा पार्किङ्ग समस्या बढ्न थालेपछि, जथाभावी पार्किङ्ग गर्नेहरुविरुद्ध ट्राफिक प्रहरीले कार्वाहीमा कडाई गरेको छ । ट्राफिक प्रहरीले पोखराका विभिन्न व्यस्त सडक तथा चोकहरुलाई ‘नो पार्किङ्ग जोन’ नै घोषणा गरेर जथाभावी पार्किङ्ग गर्ने चालकविरुद्ध कडा रुपमा प्रस्तुुत भएको दाबी गरेको छ । अधिकांश चालकले “पार्किङ्ग निषेध” लेखेकै बोर्ड अगाडी लगेर गाडी पार्किङ्ग गरेको पाईएपछि कारवाही थालिएको कार्यालयले जनाएको छ । त्यस्ता चालकलाई रु. ५ सय रुपैयाँ जरिवाना तिराएर अर्को पटक गल्ति नदोहोर्याउने शर्तमा छाडिएको ट्राफिक प्रहरी प्रमुख अर्यालले बताए ।

चालकले ट्राफिक प्रहरीलाई नटेर्ने प्रवृत्तिका कारण पूर्णरुपमा कार्यान्वयनमा समस्या पर्ने गरेको उनले बताए । ट्राफिक प्रहरीले पृथ्वीचोकबाट महेन्द्रपुलतर्फ जाने सडकको बायाँतर्फको सम्पूर्ण भागमा सबै प्रकारका सवारी साधन पार्किङ्ग गर्न पूर्ण रुपमा प्रतिबन्ध नै लगाएको छ भने सभागृहचोकबाट चिप्लेढुङ्गातर्फ जाने सडकको दायाँतर्फ मोटरसाईकल र बायाँतर्फ अन्य साना सवारीसाधन पार्किङ्ग गर्ने व्यवस्था मिलाएको छ । यसका साथै पोखराका अन्य साँघुरा र बढी जाम हुने सडक तथा चोकहरुमा समेत बोर्ड नै राखेर ‘नो पार्किङ्ग जोन’ घोषणा गरिएको छ । सबैभन्दा बढी समस्या पार्किङ्गमै देखिएकाले पहिलो चरणमा जथाभावि पार्किङ्ग गर्नेहरुलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।

एक लाख २४ हजार बढी गाडी

पछिल्लो समय सवारी साधन थपिने क्रम पनि बढ्दै गएको छ । यातायात व्यवस्था कार्यालय गण्डकीका अनुसार एक लाख २४ हजार ८ सय १५ सवारी साधन गण्डकीमा रहेका छन् । ९४ हजार ८ सय २४ निजी मोटरसाईकल दर्ता भएका छन् । सरकारी मोटरसाईकल दुई सय ८२ र संस्थानका २ सय २८ मोटरसाईकल कार्यालयमा पछिल्ल्लो आर्थिक बर्षमा दर्ता भएका छन् । मिनिबस, निजी जीप, कार, भ्यान गरी १० हजार ३ सय ३६ दर्ता भएका छन् ।

केही वर्षअघिसम्म ‘विलासी’को वस्तुका रूपमा मात्र परिभासित सवारी साधन बिस्तारै व्यक्तिगत आवश्यकता बन्दै गएको छ । घरायसी कामदेखि व्यापार–व्यवसाय र सौखका लागिसमेत सवारी साधन खरिद गर्ने क्रम बढेपछि निजी सवारीधनीहरूको संख्या बढ्दै गएको छ । सर्वसाधारणको सोख र आवश्यकताका कारणले नै निजी कार र मोटरसाइकलको संख्या उल्लेख्य वृद्धि भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष ०७०÷७१ को चैतसम्ममा एक लाख ७६ हजारभन्दा बढी सवारी साधन दर्ता भएकोमा आव ०७१÷७२ को सोही अवधिमा २ लाख १८ हजार सवारी साधन दर्ता भएको छन् । यसमध्ये कार र मोटरसाइकललगायतका निजी सवारी साधनको संख्यासमेत उल्लेख्य वृद्धि भएको छ ।

Comments are closed.