कास्कीसहित देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावले आज कास्कीसहित देशका विभिन्न स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गसहित भारी वर्षा, राति प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र सुदूरपश्चिम प्रदेश, लगायत देशका पहाडी भू(भागका केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ । देशका तीन वटा प्रदेशमा ‘भारी’ वर्षाका सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टामा यी क्षेत्रहरुमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।
आइतबार गण्डकी प्रदेश सँगै, प्रदेश १, लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा भारी वर्षा र एक वा दुई स्थानहरुमा धेरै भारी वर्षा हुने विभागले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।
सोमबार पनि र गण्डकी प्रदेश, प्रदेश १, लुम्बिनी प्रदेश र बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा जनाइएको छ ।

Comments are closed.