कास्की कांग्रेसमा तिव्र विवाद,सभापति थापाप्रति पदाधिकारी र सदस्यहरुसमेत रुष्ट

ऋषिकान्त पौडेल/पोखरा ५ जेठ
अधिवेसनको संघारमा आईपुगेको नेपाली कांग्रेस कास्कीमा तीव्र विवाद उत्पन्न भएको छ । खासगरी पछिल्लो समय कांग्रेसको भागमा रहेको शहरी विकास मन्त्रालय मातहतको पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षमा सभापति यज्ञबहादुर थापाले एकलौटी ढङ्गले एक व्यक्तिको नाम सिफारीस गरेपछि कांगे्रस कास्की भित्रको विवाद बाहिर आएको हो । 0

करिव एकमहिनादेखि रिक्त नगर विकास समितिको अध्यक्षमा आफु निकटका प्रकाश खनाललाई सभापति थापाले हालसालै सिफारीस गरेका थिए । खनालको सिफारीसमा कांगे्रस केन्द्रीय सदस्य तथा सभासद जीवन परियारले समेत समर्थन जनाएका छन् । तर, कांग्रेस कास्कीका पदाधिकारी एवं सदस्यहरु र कास्कीका अन्य कांग्रेसी सभासदले भने पार्टीमा कुनै छलफल नै नगरी एकलौटी रुपमा खनाललाई सिफारीस गरेको भन्दै थापाप्रति रुष्ट भएका छन् । त्यसो त उक्त पदका लागि कास्कीका करिव एकदर्जन कार्यकर्ताहरु दौडमा छन् । सभापति थापाले मनोमानी रुपमा खनाललाई सिफारिस गरेसंगै उनीहरुसमेत निराशको स्थितिमा पुगेको श्रोतले बताएको छ । थापाको यो कार्यप्रति कास्की कांग्रेसका शक्तिकेन्द्रसमेत मानिएका नेता अर्जुन कुंवरसमेत रुष्ट बनेको बताईएको छ ।


नगर विकास समितिको अध्यक्ष पदकै लागि लिएर कास्कीमा कांग्रेस संस्थापन पक्ष र देउवा पक्षबीच ठूलै घमासान चलेको छ । संस्थापन पक्षबाट प्रकास खनालसहित होटल व्यवसायी शुन्दरकुमार श्रेष्ठ, पर्यटन व्यवसायी विश्वशंकर पालिखे, लक्ष्मी बहादुर भट्टराई लगायत मैदानमा उत्रिएका छन् भने देउवा पक्षबाट निवर्तमान अध्यक्ष विष्णु बांस्तोला, विरेन्द्र नारायण विजुक्छे, बजिरमान श्रेष्ठ, दुर्गा तिमिल्सिना, नन्दप्रसाद तिवारी, भोजबहादुर गुरुङ सिकन्दर लगायत होडबाजीमा छन् ।


कांग्रेस कास्कीका एक जिम्मेवार नेताले हटलाइनसँग कुरा गर्दै भने, ‘सभापति थापाले मनोमानी ढङ्गले सिफारीस गर्नुभएको छ । कमसेकम पार्टीको बैठकमा सबैसँग छलफल गरेर गर्नुपथ्र्यो यसबारे बुधवार हुने जिल्ला समितिको बैठकमा जोडदार रुपमा कुरा उठ्छ ।’
सभापति थापा पछिल्लो समय कोही पदाधिकारी र अन्य कार्यकर्ताको कुरा सुनेर अघि बढ्ने गरेको उनको आरोप थियो । ती नेताका अनुसार जिल्ला विकास समितिको प्रतिनिधी रहेका खनालले पार्टीभित्रै विवादास्पद गतिविधी गरेको पनि आरोप लगाए । पार्टी सभापति र केन्द्रीय सदस्य जीवन परियारको नाम लिएर जिविस कर्मचारीहरुलाई दवावमा पार्ने, विकासे योजनाहरु एकलौटी रुपमा पार्ने, अनावश्यक सुविधा माग्ने जस्ता गतिविधीले पार्टीकै बदनाम गराईरहेको पनि उनले जनाए । Yegya-thapa-kaski,-1-congre_20131121034159
विकासे बजेट मनोमानी रुपले आफ्ना ठाउँमा पार्ने र कमिशनको खेलमा लाग्ने गरेको पनि उनको आरोप छ । ‘पार्टीभित्रै र बाहिरसमेत गलत छवि बनाएका व्यक्तिको नाम नगर विकास समितिको अध्यक्षमा सिफारीस गर्ने सभापति थापा र केन्द्रीय सदस्य जीवन परियार कुन स्वार्थमा परेर यो गरीरहेका छन् बुझ्न गाहे भएको छ’ नाम नछाप्ने शर्तमा ती नेताको आक्रोश थियो । तर, सभापति थापाले भने अध्यक्षका लागि खनालको नाम सिफारीस गरेको बारे मुख खोल्न चाहन्नन् । तपाईले खनाललाई अध्यक्षका लागि सिफारीस गर्नुभएको हो भनि प्रश्न गर्दा अहिले यसबारे केही नबोल्ने प्रतिक्रिया दिए । ‘यसबारे अहिले केही नबोलौं सिफारीस गरेपनि नगर एकदुई दिनमा थाहा हुन्छ’ थापाले भने ।
नगर विकास समितिको अध्यक्ष पदकै लागि लिएर कांग्रेस संस्थापन पक्ष र देउवा पक्षबीच ठूलै घमासान चलेको थियो । अध्यक्ष पदका लागि संस्थापन पक्षबाट खनालसहित होटल व्यवसायी शुन्दरकुमार श्रेष्ठ, पर्यटन व्यवसायी विश्वशंकर पालिखे, लक्ष्मी बहादुर भट्टराई लगायत मैदानमा उत्रीएका छन् । जसमध्ये भट्टराईलाई अध्यक्ष बनाउन कांग्रेस नेता सशाङक कोईराला, सभासद बृन्दा रानाले केन्द्रमा लबिङ गर्दै आएका छन् । अन्यले भने आ–आफ्नो नजिकका शक्तिकेन्द्रहरुमा धाईरहेको बताईएको छ ।
देउवा पक्षबाट भने निवर्तमान अध्यक्ष विष्णु बांस्तोला, विरेन्द्र नारायण विजुक्छे, बजिरमान श्रेष्ठ, दुर्गा तिमिल्सिना, नन्दप्रसाद तिवारी, भोजबहादुर गुरुङ सिकन्दर लगायतका अध्यक्ष पदको मैदानमा उत्रिएका छन् । उनीहरुमध्ये बांस्तोलालाई पार्टी र समाजमै समेत आलोचित हुने क्रियाकलाप गरेकाले पार्टीको केन्द्रले विश्वास नगरेको बताईएको छ । यद्यपी उनी बुढानिलकण्ठस्थित देउवा निवासलाई रीझाउन भने अनेक तीकडम गरीरहेको कांग्रेस श्रोतले जनाएको छ । अध्यक्षका लागि बलियो दावेदार मानिएका बजिरमान श्रेष्ठ र बिजुक्छे पनि विभिन्न नेतामार्फत केन्द्रमा लविङ प्रयासमा रहेको बताईएको छ । यसअघि देउवापक्षबाट राजनीतिमा क्रियाशील श्रेष्ठ संविधानसभाको चुनावमा संस्थापन पक्षकी शारदा पौडेलको आर्थिक संयोजकको भूमिका निभाएका थिए । चुनाव जिताउन महत्वपूर्ण मानिएको आर्थिक संयोजन राम्रैसँग गरेकाले त्यसको गुन तिर्नका निम्ति पौडेलले श्रेष्ठका पक्षमा शहरी विकासमन्त्री नारायण खड्का समक्ष लबिङमा छिन् । पौडेलले त मन्त्री खड्कालाई पोखरा उपत्यका नगर विकास समिति आफ्नै चुनावी क्षेत्रमा रहेकाले आफ्नोबाहेकको सिफारीसमा आउने नामलाई अध्यक्षमा सदर नगर्न समेत आग्रह गरेको श्रोतको भनाई छ । तर, आफ्नो पक्षमा रहदै आएका श्रेष्ठ शारदा पौडेलमार्फत संस्थापनमा सक्रिय हुन थालेपछि देउवापक्षको विश्वास केहीमात्रामा गुमाएको बताईएको छ । त्यस्तै अर्का दावेदार विजुक्छे नेता गोपालमान श्रेष्ठमार्फत आफ्नो नाममा अध्यक्षको नियुक्तिपत्र लिने दाउमा लागिपरेको बुभिएको छ ।

10170809_396414697165160_7295737512746809513_n
विशेषगरी जिल्लाहरुमा राजनीतिक खिचातानी हुने सरकारी संयन्त्रमध्ये नगर विकास समिति एक नम्बरमै पर्ने गर्छ । जुन दलको मन्त्री हुन्छ त्यसैको कार्यकर्ता अध्यक्ष हुने र उसले आफना कार्यकर्तालाई नगर विकासमा जागिर लगाउने जस्ता काम गर्दै आउने परिपाठीको विकास हुँदै आएको छ । त्यसो त नगरको विकास र अन्य दिर्घकालिन योजना बनाउनेपर्नेमा अनावश्यक कर्मचारीको भर्ती गरी फोस्रा गफ लगाउनेले केन्द्रका रुपमा नगर विकास समितिलाई यसअघिका अध्यक्षहरुले प्रयोग गर्दै आएको गुनासो त्यहिका कर्मचारीहरुसमेत गर्ने गर्छन् । अहिले कुनै काम नभएपनि दलको कार्यकर्ता भएकै नाममा जागिर उपहार पाएका १७ जना अस्थायी कर्मचारी नगर विकास समितिमा कार्यरत छन् । विभिन्न व्यक्तिका पालामा भर्ती गराईएका उनीहरुलाई नयाँ अध्यक्षले जागिर नविकरण नगरीदिँदा तलबमान लगायतका विषयमा समस्या हुदै आएको छ । अहिले पनि चारमहिनादेखि उनीहरुले तलव खान नपाएको बताईरहेका छन् ।
नगर विकास समितिका निवर्तमान सदस्य राजबहादुर गुरुङका अनुसार अबको कठीन परीस्थितीमा सानो सोंच भएको र समाजको हित नचाहने व्यक्तिले नगर विकास समितिको अध्यक्ष नताक्दा उत्तम हुने बताउँछन् । लेखनाथ र पोखरा उपत्यका मात्रै नभई थपिएका नयाँ वडाहरुलाई समेत उत्तिकै प्राथमिकतामा रहखेर बृहत्त पोखराको विकास गर्न सक्ने भिजन भएको व्यक्ति अध्यक्षमा आउन पर्ने उनको जोड छ । ‘तोकिएको मापदण्ड कार्यान्वयन गराउन सक्ने, आकाश र जमिन मिच्नेलाई कारवाहीको दायरामा ल्याउन सक्ने अध्यक्ष नै नगर विकास समितिले चाहेको छ’, गुरुङले भने ।

क्रियाशील सदस्यता फाराम काठमाडौंको होटलमा थन्किए

महाधिवेसन आउन करिव चारमहिना बाकिँ रहँदा कास्कीबाट भने क्रियाशील सदस्यताको फाराम केन्द्रमा पुग्न सकेको छैन । विभिन्न गाउँ, वडा, नगर र क्षेत्रीय समितिबाट क्रियाशील सदस्यताको नविकरण र नयाँ फाराम भरेर आईसकेपनि पार्टी सभापति यज्ञबहादुर थापाको लापरवाहीका कारण केन्द्रमा पुग्न नसकेको पार्टी श्रोतले जनाएको छ । ‘कुल ११ हजार भन्दा बढी फाराम भरेर काठमाडौंमा रहेका सभापति थापालाई हस्ताक्षरका लागि गत १२ गते पठाएको हो । तर, हस्ताक्षर नगरीकन सभापति पोखरा फर्किदा ति फाराम काठमाडौंस्थित एक होटलमा वेवारीसे अवस्थामा छन्’ एक नेताले भने । ति फाराम लिएर सभापति थापाको हस्ताक्षर गराउन कास्की कांग्रेसका कार्यालय सचिव भगवान अधिकारी काठमाडौं पुगेका थिए ।

उनले उक्त फाराममा हस्ताक्षर गर्नका लागि सभापति थापालाई बुझाउन खोजेपनि थापा सिधै पोखरा फर्किदिँदा होटलमा त्यसै छाडेर अधिकारी पनि पोखरा आएका थिए । सदस्यता फाराम केन्द्रमा बुझाउन नसक्दा कास्कीमा सदस्यता विवाद भएको खबरसमेत बाहिर आएको थियो तर क्रियाशील सदस्यता बारे भने कुनै विवाद नरहेको कास्की कांग्रेसको सत्यता हो ।

Comments are closed.