कास्की कारागारद्वारा कैदी बन्दीहरुलाई नगद वितरण

मनिषा लामिछाने
पोखरा–५, पौष
कारागार कार्यालय कास्कीको थुनामा रहेका कैदी बन्दीहरु र सराङकोट बालसुधार गृह सराङकोटमा रहेका ९८३ जना कैदी बन्दीहरुलाई आ.व.२०७८.०७९ मा जाडो यामको कपडा वापत रु २ हजार ५ सय ९ रुपैया का दरले नगद स्वरुप कैदी वन्दीलाई वितरण गरीएको छ । अघिल्ला वर्षहरुमा कैदी बन्दीहरुलाई न्यानो लुगाहरु नै वितरण गरिदै आएकोमा कैदी बन्दीहरुको माग अनुसार यस वर्ष भने नगद रकम नै वितरण गरिएको कास्की कागागारले जनाएको छ ।

Comments are closed.