पोखरा, १६ कात्तिक ः प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्कीको निर्वाचन क्षेत्र नं १ मा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापा र पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
नेपाली काँग्रेसका तर्फबाट मन्त्री थापा र वाम गठबन्धनका तर्फबाट खगराज अधिकारीले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
यस क्षेत्रमा प्रदेश सभा सदस्यका लागि ९क० र ९ख०मा क्रमशः नेपाली काँग्रेसका जीवन परियार र कृष्ण केसी तथा वाम गठबन्धनबाट क्रमशः दीपक कोइराला र मनबहादुर गुरुङले उम्मेदवारी दिनुभयो ।
यसैगरी प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नं २ बाट वाम गठबन्धनका रवीन्द्र अधिकारी र काँग्रेसका देवराज चालिसेले उम्मेदवारी दर्ता गर्नुभएको छ । प्रदेश सभातर्पm ९क० बाट वाम गठबन्धनका राजकाजी गुरुङ र ९ख० बाट कृष्ण थापा तथा काँग्रेसबाट ९क० मा गुरु बराल र ९ख० बाट विन्दु कुमार थापाले उम्मेदवारी दर्ता गर्नुभयो ।
त्यसैगरी सोही क्षेत्रमा राष्ट्रिय जनमोर्चाका तर्पmबाट प्रतिनिधिसभाका लागि दानकुमारी खत्री र प्रदेश ९क० बाट टीकाराम अधिकारी र ९ख० बाट गणेश अधिकारीले मनोनयन दर्ता गराउनुभएको छ ।
विवेकशील साझा पार्टीका तर्पmबाट प्रदेश सभा ९क०मा चिरन्जीवी बराल र ९ख० बाट नरेश शंकर पालिखेले स्वतन्त्र उम्मेदावरी दिनुभएको छ ।
यसैगरी प्रतिनिधि सभातर्फ क्षेत्र नं ३ मा काँग्रेसबाट शुक्रराज शर्मा, वाम गठबन्धनवाट एमालेका जगत्बहादुर सुनार विश्वकर्मा, संघीय समाजवादी फोरम नेपालका डिलबहादुर नेपाली, राष्ट्रिय जनमोर्चाका हिमलाल गौतम, नयाँ शक्ति पार्टी नेपालका नारायणप्रसाद भण्डारी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल ९वैद्य० समूहका भोजराज त्रिपाठी, विवेकशील साझा पार्टीका मिलन अधिकारी, नेपाल दलित पार्टीका दुर्गाबहादुर कामी सुनार, जनसमाजवादी पार्टीका रमेश बसेल र स्वतन्त्र दुर्गादत्त तिमिल्सिनाले मनोनयन दर्ता गराउनुभएको छ ।
प्रदेश सभातर्फ ९क० मा काँग्रेसकी शारदा पौडेल, वाम गठबन्धनवाट माओवादी केन्द्रका रामजी बराल, राप्रपाका केदारनाथ पौडेल, संघीय समाजवादी फोरम नेपालका चीनबहादुर नेपाली, राष्ट्रिय जनमोर्चाका तमबहादुर रोक्का, नयाँ शक्ति पार्टी नेपालका देवीप्रसाद सुवेदी, विवेकशील साझा पार्टीका चिरञ्जीवी अधिकारी, नेपाल दलित पार्टीका कृष्णबहादुर दमै र जनसमाजवादी पार्टीका गोरे दमैले उम्मेदवारी दर्ता गर्नु भएको छ ।
९ख० मा काँग्रेसका सिकन्दर गुरुङ, वाम गठबन्धनबाट एमालेका राजीव पहारी, राप्रपाका धनमाया कोइराला, संघीय समाजवादी फोरमका तुलबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चाका विष्णु पुरी, नयाँ शक्ति पार्टी नेपालका नेत्रप्रसाद चापागाईं, विवेकशील साझा पार्टीका गुरुप्रसाद बराल र नेपाल दलित पार्टीकी कमला विकले मनोनयन दर्ता गराउनुभएको छ । रासस
Comments are closed.