कास्की क्षेत्र नम्बर ३ (१) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रभावकारी


पोखरा हटलाईन,
पोखरा २०, असार
कास्की निर्वाचन क्षेत्र नम्बर ३ (१) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रभावकारी भएको स्थानियले बताएकाछन्। उक्त योजनाको निर्माण कार्यको शनिबार अनुगमन गर्न निस्केको टोलीलाई स्थानियले आफ्नो गाँउ ठाउँमा प्रदेश सांसद मार्फत केही रकम पर्दा आफुहरुलाई ठुलो राहत भएको बताएका हुन्।
उक्त क्षेत्रबाट निर्वाचित सांसद रामजी प्रसाद बराल (जीबन) र प्रदेश सांसद पुष्पा केसी भण्डारीको छनौटमा परेका केही योजनाको शनिबार अनुगमन गर्न निस्केको टोलीलाई विभिन्न उपभोक्ता समितिका पदाधिकारीहरुले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रभावकारी भएकोले देशको परिस्थिती अनुसार देशमा लकडाउन हुदा केही योजना समयमै सम्पन्न कठिनाई हुने गुनासो समेत गरेकाछन्। प्रदेश सांसद भण्डारीको संयोजकत्वमा अनुगमन गर्न निस्केको टोलीलाई कास्कीको माछापुच्छ«े गाउँपालिका ८÷९ को साझेदारीमा निर्माण हुदै गरेको घलेल बहुउद्धेश्य सामुदायिक भवन निर्माण समितिका अध्यक्ष आइ बहादुर गुरुङले कोरोना भाइरसको कारण देशमा लकडाउन हुदा उक्त योजना समयमै सम्पन्न नर्ग कठिन हुने बताए । उनले भने “ निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम हाम्रो लागि राम्रो भएको छ, यस चालु बर्षमा २६ लाख परेको योजना समयमै काम गर्न नसक्दा कतै यस रकम फ्रिज हुने र हाम्रो भवनको सपना अधुरो त हुने त होइन, त्यसमा हामी निकै चिन्तित भएका छौं । ” लकडाउनले गर्दा करिब केही समय म्याद थप भएको खण्डमा आफुहरुले प्राविधिकहरुले दिएको निर्देशन अनुसारको भवन निर्माण गर्ने उनले जनाए । उक्त भवनमा तालिम, गोष्ठी सहित सिप मुलक कार्यक्रम गर्ने योजना बनाएको अध्यक्ष गुरुङले जनाए । पोखरा १ मा रहेको रत्न आधारभूत बिद्यालयको छतमा पानी चुहिने समस्या भएकोले उक्त भवनमा ट्रस सहितको सभाहल निर्माण भएकोले आफुहरु निकै खुसि भएको निर्माण समितिका अध्यक्ष आमोस तामाङले बताए । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले आफुहरुलाई ठुलो सहयोग भएको उनले जनाए । सामुदायिक भवन, बिद्यालय, खानेपानी सडक बाटो निर्माण लगायतका क्षेत्रमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका योजनाहरु समेटिएकाछन्। अनुगमन समितिका संयोजक सांसद भण्डारीले गाउँ ठाउँमा जनताले प्रत्यक्ष लाभ पाउने गरी विनियोजन भएका योजनाबाट आम जनताहरुको लागि ठुलो सहयोग भएको बताइन्। लकडाउनका कारण बाँकी रहेका अधुरा काम पुरा गर्न समय सिमा थप गर्नुपर्ने उनको माग छ ।

अनुमगन सहभागि जिल्ला समन्वय समितिका उप—प्रमुख सावित्रि भण्डारीले केही प्राविधिक रुपमा कमीकमजोरी भए पनि समग्रमा उक्त कार्यक्रमले जनताको आवश्यकतालाई केही हदसम्म परिपुर्ति गरेको बताइन्। माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङले कोरोना भाइरसको कारण देशमा लकडाउन हुनुले र ढिलो सम्झौता हुदा केही योजनाहरु समयमै सम्पन्न गर्न मुस्किल भएको बताए । माछापुच्छ«े गाउँपालिका उपाध्यक्ष कृष्ण कुमारी दवाडीले भने हाल संचालन भएका उक्त योजना समयमै नसकिएको खण्डमा क्रमागत गरी पुरा गर्नुपर्ने अन्यथा उक्त योवजना अलपत्र पर्ने चिन्त्ता व्यत्त गरिन्।
जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख इ. कीरण आचार्यले केही योजनाहरु समयमै सम्पन्न हुने अबस्था रहेको बताए । प्राविधिकले नापजापको गरेको आधारमा मात्र भुत्तानी गर्न सकिने अन्यथा काम सम्पन्न नभएको तर विनियोजन भएको रकम भुक्तानी गर्न नसकिने उनले जनाए । अनुगमनमा जिल्ला समन्वय समितिका सदस्य बिष्णु प्रसाद पौडेल, डिभिजन कार्यालयका इ.मोहनराज आचार्य, वडा अध्यक्ष, पत्रकार सहितको सहभागिता रहेको थियो । शनिबार टोलीले माछापुच्छ«े गाउँपालिकाको ५ र पोखरा महानगरको ५ गरी १० वटा योजनाहरुको अनुगमन गरेको थियो ।
नेकपा कास्की क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सांसद रामजी बराल (जीवन) र सांसद पुष्पा केसी भण्डारीको सांसद विकास कोष अन्र्तगत १३ वटा योजनामा एक करोड ५ लाखको बजेट माछापुच्छ«े गाउँपालिकामा परेका हुन्। २ करोड मध्य बाँकी अर्थात ९५ लाख पोखरा १, २, ३, १८, १९ र २५ वडामा १२ वटा योजना परेकाछन् ।

Comments are closed.