कास्की जिल्ला खेलकुद विकास समितिका पदाधिकारीको चार वर्षे कार्यकाल पुरा

पोखरा ९ असार । कास्की जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरुको चार वर्षे कार्यकाल पुरा भएको छ । २०६८ साल असार १३ गते एमाओबादी कोटाबाट कास्की जिल्ला खेलकुद विकास समितिमा सुमन देवकोटा नेतृत्वको टिम आएको थियो । देवकोटाले मंगलबार जादाजादै पत्रकार सम्मेलन गरेर आफनो कार्यकाल सकिएपनि खेलकुदबाट भने टाढा नरहने प्रतिबद्धता ब्यक्त गरे । ‘म पदमा रहेपनि नरहेपनि कुनै न कुनै हिसावले खेलकुदसंग गासि रहने छु, ’उनले भने ।
उनले आफनो चार वर्षे कार्यकालको समिक्षा गदै पोखरा रगंशालामा भौतिक संरचना निर्माणमा महत्वपूर्ण भुमिका खेलेको बताए । उनले आफुहरुले सुरुवात गरेका राम्रा कामको अव आउने नयाँ समितिले निरन्तरता दिने विश्वास ब्यक्त गरे । उनले नयाँ आउने टिमलाई थप चुनौती रहेको बताउदै भने अहिलेको भन्दा दोब्बर बजेट ल्याएर भौतिक संरचना निर्माण गर्नुपर्ने हुन्छ ।
उनले आफनो चार बर्षको कार्यकालमा पोखरा रगंशालामा १७ करोड भन्दा बढिको भौतिक संरचना निर्माण भएको बताए । उनको कार्यकालमा पोखरा रंगशालामा फुटबलको चेन्जिङ रुमको स्तरोन्नति, प्याराफिटको स्तरोन्नति, सेमि कभर्डहल निर्माण, फुटबल मैदानमा तारजाली लगाउने, राष्ट्रिय आर्चरी ट्रेनिङ सेन्टरको स्थापना, अन्तराष्ट्रिय बहुउद्देश्यि कभर्डहल निर्माण लगायतका महत्वपूर्ण काम भएको छ ।
पोखरालाई खेलकुदको केन्द्रका रुपमा विकास गर्न र रगंशालालाई सुविधासम्पन्न बनाउन अझै थुप्रै योजनाहरु प्रस्ताव गरिएको उनले बताए । उनका अनुसार आगामी आथिर्क बर्षको लागि जिल्ला खेलकुद विकास समितिबाट २३ करोड ६२ लाख भन्दा बढी बजेट माग गरिएको दावी पत्रकार सम्मेलनमा गरे ।
फुटवल मैदान वरपर स्थायी पर्खाल लगाई गेट निर्माणको लागि २ करोड १२ लाख ४७ हजार, एथ्लेटिक्स ट्रयाकलाई स्थायी र सुरक्षित बनाउन ६ करोड ८३ लाख, निर्माणाधिन बहुउद्देश्यिय कभर्डहलको संरचना विकासको लागि साढे दुई करोड, क्रिकेट मैदानको लागि ८ करोड ८३ लाख बजेट प्रस्ताव गरिएको छ । त्यस्तै रंगशाला भित्र शौचालय निर्माणको लागि २६ लाख ९७ हजार, राष्ट्रिय आर्चरी ट्रेनिङ सेन्टरको होस्टल ब्लक निर्माणको लागि एक करोड, आर्चरीको कम्पाउण्ड वाल निर्माणको लागि एक करोड ७२ लाख तथा सहिद स्मृति मेमोरियल स्कुलको खेल मैदान निर्माणको लागि ३० लाख बजेट माग गरिएको छ ।
पोखरा रंगशालाको स्तरोन्नतीको लागि तीन बर्षे कार्ययोजना सहित छुट्टै दुई करोड ४५ लाख बजेट माग गरिएको देवकोटाले बताए । कुल १४ करोड ३२ लाख रुपैयाको लागतमा निर्माणधिन अन्तराष्ट्रिय बहुउद्देश्यिय कभर्डहलको आबश्यक रकम विनियोजन नहुदा अहिले काम रोकिएको उनले बताए । बाकी रहेको चार करोड रुपैया निकासा भए छिट्टै निर्माण सम्पन्न हुने उनले बताए ।

Comments are closed.