पवन भण्डारी, पोखरा हटलाइन
देश ब्यापी रुपमा फैलिएको कोरोना महामारीले आमनागरिकको जिवनस्तर खस्किदै गईरहेको छ । यस्तो संकटका बेला युवाहरूले भने आफ्नो कर्तव्य मान्दै देशका विभिन्न ठाउँहरुमा आफुले सकेको सहयोग गर्ने कार्यहरु गरिरहेका छन ।
त्यस्तै पोखरामा नलिना मेसिनरी सप्लायर्स प्रा.लि. संचालकहरुले ट्राफिक प्रहरी कार्यालय, कास्कीमा लगभग २० हजार बराबरको माक्स तथा सानीटाईजर हस्तान्तरण गरेका छन । उक्त प्रा. लि. संचालक शंकर भट्टराई र बिजय थापाले भने कोरोना महामारीको बेला सुरक्षाकर्मीहरु बढी प्रभावित हुने भएकाले हामिले उहाँहरुलाई सहयोग गरेको बताए ।
Comments are closed.