पोखरा, २१ चैत ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा कास्कीमा क्लब स्तरिय कास्की लिग फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । पोखरा महानगरपालिका २५ स्थित गौरीशंकर खेलमैदानका गण्डकी प्रदेशका खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुबको प्रमख आतिथ्यतामा लिग सुरु भएको हो । लिगको उख्घाटन खेलमा डिफेण्डिब च्याम्पियन आदर्श क्लब र हेम्जा युनाईटेड बिच भएको खेल १–१ गोलको बराबरीमा सकिएको छ । एन्फा कास्की अध्यक्ष मिलन गुरुङ् का अनुसार उक्त खेलबाट दुवै टोलीले समान १÷१ अंक बटुलेको छ । त्यसैगरी दोस्रो खेलमा ईन्द्रणी एकीकृतले फुलबारी युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्याे सो खेलबाट ईन्द्रणीले ३ अंक जम्मा गर्याे ।
उनका अनुसार भोली (मंगलबार) गौरीशंकर खेल मैदान र रंगशालाको वैकल्पिक खेलमैदानमा समान ४/४ वटा खेल सञ्चालन हुनेछन् । लिगमा कास्की जिल्ला फुटबल संघमा आवद्ध २२ वटा क्लवहरुको सहभागिता रहेका संघका महासचिव रमेश कार्कीले बताए । उनका अनुसार लिग कम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन हुनेछन् । उनले लिगका प्रतियोगिताहरु पोखरा रंगशालाको वैकल्पिक खेलमैदान, पोखरा २५ हेमजास्थित गौरीशंकर खेल मैदानमा सञ्चालन गरिने बताए । गोस्तेघाटमा पनि खेलाउने भन्ने थियो, उनले भने, त्यहाँको शौचायल लगायतको कारणले गर्दा यो पटक दुई ठाउँमा मात्रै खेल खेलाउदै छौ ।’ कार्कीका अनुसार प्रतियोगिता अवधिभर कुल ५७ खेल सञ्चालन हुने छन् । प्रतियोगिता सञ्चालनका गर्न हेम्जाको लागि इन्द्र बहादुर कुंवर, पोखरा रंगशालाका लागि नर प्रसाद गुरुङ्लाई संयोजक तोकिएको उनले बताए । लिग विजेताले गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री
कप फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने एन्फा कास्कीले जनाएको छ
Comments are closed.