कास्की,
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा कास्की क्षेत्र न १ ‘ख’ मा प्रदेश सभा सदस्य तर्फ गठबन्धन को तर्फ बाट नेपाली कांग्रेसका युवा नेता दिपक गुरुङ ‘माइला उम्मेदवार बनेका छन्। पोखराको पृथ्विनारायण क्याम्पस देखि २०५६ साल बाट नेपाल बिधार्थी संघ मार्फत दीपक गुरुङ्ग को राजनैतिक यात्रा शुरु भएको हो। गुरुङ्ले नेपाली कांग्रेसका बिभीन्न संगठनहरु ने बि संघ,तरुण दल मा कास्की बाट बिभिन्न पदहरुमा कुशल जिम्मेबारी निर्बाह गरीसकेका छन्।हाल तरुण दल कास्की जिल्ला उप सभापति रहेका गुरुङ्ग बिभिन्न सामाजिक सेवामा समेत सक्रीय रहेका छन्।आफु निर्वाचनमा बिजयी भएमा भ्रष्ट्राचार रहीत समुन्नत समाज निर्मणको लागी आफ्नो ठाउं बाट अनवरत लागीरहने उनले बताए। जनचाहना अनुसार आफु अघाडी बढेको बताउदै आफ्नो क्षेत्रमा परेको समस्या संग सधै जुधेर सामना गर्ने र बिकास र सम्बृद्दीको सवालमा कुनै पनी बहानामा सम्झौता नगर्ने प्रतीबद्दता युवा नेता दिपक गुरुङ ‘माइला’ गुरुङ्गले गरेका छन्।
Comments are closed.