कास्कीको लेखनाथ नगरपालिका १ बरालथर स्थायी घर भएका ५५ बर्षिय नेता बादलको पूरा नाम रामजी पौडेल बादल हो ।

बादल काँग्रेस राजनीतिमा धेरै संघर्ष गरेपनि महत्वपूर्ण उपलब्धि हात पार्न नसकेका पीडित नेतामध्ये एक हुन् । पारिवारिक पृष्ठभूमी नै नेपाली काँग्रेस भएकाले पनि बादल विद्यार्थी कालदेखी नै नेपाल विद्यार्थी संघ हुँदै काँग्रेसको सक्रिय राजनीतिमा होमिए ।

विद्यार्थी कालमा उनी नेविसंघको केन्द्रीय सदस्यसम्म भए भने कास्की जिल्ला सभापति समेत भएका थिए । केन्द्रीय सदस्य हुँदा नै उनले निभाएको महत्वपूर्ण भूमिकाको बलले केही महत्वपूर्ण पदसम्म पनि पुग्न सफल भए । पार्टी विभाजन हुँदा बादल नेपाली काँग्रेस प्रजातान्त्रिकको तर्फबाट महाधिवेशन प्रतिनिधि समेत भएका थिए ।

नेपाली काँग्रेसका हरेक आन्दोलनमा अग्रणी भूमिकामा रहेर अघि सर्ने बादल पञ्चायतकालमा थुप्रै पटक जेल पनि परेका थिए । उनी विपी चिन्तन प्रतिष्ठानका क्षेत्रीय सल्लाहकार समेत हुन् । विपी चिन्तन प्रतिष्ठानले गत संविधानसभा निर्वाचनमा उनको नाम पनि सिफारिस गरेको थियो । तर उनी उम्मेद्वार छनौटमा परेनन् ।

बादलकी एक छोरी र श्रीमती छन् ।

यसरी भयो हत्या
बादल काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधर हुन् । पार्टीको आगामी महाधिवेशनमा देउवा पक्षधरकै नारायणहरी तिवारी नगर सभापतिमा उठ्ने चर्चा चलिरहेको थियो ।

बादलले उनै तिवारीको समर्थनमा भोट माग्ने काम गरिरहेका थिए । नेपाली काँग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणी लामिछानेका अनुसार केही दिनयता बादल र संस्थापन पक्षका कार्यकर्ताहरुबीच पार्टीको बिषयमा विवाद हुँदै आएको सुनिएको थियो ।

संस्थापन पक्षका राजु रानाभाट लगायतका कार्यकर्तासँग केही समयअघिदेखि भैरहेको विवादकै कारण बादलको हत्या भएको उनको अनुमान छ ।ncph

बिहीबार राति स्थानीय कांग्रेसका नेता बुद्धिमान तामाङको घरमा विवाद मिलाउनका लागि दुवै पक्षबीच छलफल चलिरहेको थियो । विवाद बढेपछि पौडेल छलफलबाट निस्किएर हिँडेका थिए । उनीसँगै स्थानीय कार्यकर्ता मनोज गुरुङ पनि थिए ।

घटना हुँदाको बेला नगर सभापतिमा उठ्ने तयारी गरिरहेका नारायणहरी तिवारी र सचिवमा उठ्ने तयारी गरिरहेका विश्वास गौतम पनि सँगै थिए ।

भनाभन चर्काचर्कीमा परिणत भएपछि राजु रानाभाट र गौतमले हेल्मेटले बादलको टाउकोमा प्रहार गरे । उनीहरु दुवैजना संस्थापन पक्षका हुन् । बादललाई हानेको हेल्मेटले सँगै रहेका मनोज गुरुङ्गलाई पनि लाग्यो । ठूलै चोट लागेपछि गुरुङ्ग त्यहाँबाट निस्किएर हिँडे ।

त्यसपछि, उनीहरुले बादललाई के गरे खुल्न सकेन । विवादको मुख्य चुरो के हो भन्ने पनि खुल्न सकेको छैन ।

प्रहरीले घटनापछि फरार रहेका प्रकाश गुरुङ, रविन केसी र विश्वास गौतमलाई खोजिरहेको छ भने राजु रानाभाट पक्राउ परेका छन् । उनीहरु सबै संस्थापन पक्षका हुन् । रानाभाटले हत्या गरेको स्विकार गरिसकेको प्रहरीले जनाएको छ ।

हत्याको विरोधमा राजमार्ग अवरुद्धgadi ma aago
काँग्रेस नेता बादलको हत्या भएपछि, नेपाली काँग्रसका कार्यकता र स्थानीय बासिन्दाले अहिले पृथ्वी राजमार्ग अन्तर्गत कास्कीको लेखनाथमा सडक अवरुद्ध पारेका छन् ।  उनीहरुले सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा कार्वाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् । एउटा गाडीसमेत प्रदर्शनकारीले जलार्इ दिएका छन् । सडक अवरुद्ध हुँदा पोखराबाट काठमाडौं, चितवन लगायतका ठाउँमा जाने र उताबाट पोखरा भित्रिने सयौं सवारी साधन बिच बाटोमै अलपत्र परेका छन् ।

todefod