सायद जन्म दिने आमा बुबा पछिको अर्को मुख्य सबन्ध नै मित्रता हो । जिवनमा एक असल मित्रको भुमिका ठुलो हुन्छ। आफ्ना मित्रहरुलाई बिभिन्न उपहार दिएर मित्रता दिवस मनाउने गरिन्छ। विश्व मित्रता दिवस सन् १९५८ जुलाई ३० देखि मनाउन थालिएको हो। त्यसैले जुलाई ३० लाई विश्व मित्रता दिवस भनिएको हो। तर मित्रता दिवस थुप्रै देशमा फरक फरक समयमा मनाउने गरिन्छ। नेपालमा अगष्ट ५ का दिन मित्रता दिवस मनाउने गरिन्छ।
बिभिन्न धर्म अनुसार मित्रता दिवस सम्बन्धि फरक फरक तर्क रहे पनि सबै धर्मले आफ्ना साथी भाइ सँग खुसी साटासाट गर्न मित्रता दिवस मनाउने चलन रहेको कुरा सबै धर्मले ब्याख्या गर्छन। मित्रता दिवस मनाउने चलन नेपालमा पनि बढ्दो छ। साथी साथी उपहार दिएर मित्रता दिवस मनाउने चलाउन नेपालमा पनि फस्टाउँदै छ। आफ्ना मिल्ने साथी भेला भएर दुख सुखका गफ गरेर रमाइलो गर्दै मित्रता दिवस मनाउने चलन छ । साथीको हातको नारीमा रङ्गिन डोरीहरू बाँधिदिएर, एक आपसमा शुभकामना आदान प्रदान गरेर मित्रता दिवस मनाउने चलन छ । साना साना केटाकेटीहरू पनि आफ्ना साथीको नारीमा डोरी बाँधेर मित्रता दिवस मनाउने गर्छन। मित्रता दिवसको लागि भेनेरै चिनबाट ठुलो परिमाणको फ्रेन्सिप ब्याण नेपाल भित्रिने गर्छ। साथै स्कुल कलेजहरुमा पनि भिविन्न कार्यक्रम गर्दै मित्रता दिवसको शुभकामना आदान प्रदान गरेर मनाउने चलन छ ।
Comments are closed.