‘किन लायौ पिरती झुठो
तिम्लाई प्यारो पैसाको मुठो
सम्झी सम्झी रुन्छु
विपनीमा छोडेर गए नि सपनीमा तिमीसँगै हुन्छु’
हालसालै ‘बोर भयो मायालु गितार बजाइदेउ’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका गायक/सञ्चारकर्मी राजेश बर्देवाको अर्को गीतको म्यूजिक भिडियोको छायांकन पोखरामा सम्पन्न भएको छ ।
‘किन लायौ पिरती झुठो’ बोलको उक्त गीतमा महिलातर्फ चर्चित गायिका जुना श्रीसको आवाज रहेको छ । निकै नै मन छुने शब्द रहेको उक्त गीतको म्युजिक भिडियो छिट्टै बजारमा आउने र यसले दर्शक/श्रोताहरुको मन जित्ने कुरामा आशावादी रहेको गायक राजेश बर्देवा बताउँछन् ।
अपिल त्रिपाठीको निर्देशन रहेको उक्त म्यूजिक भिडियोको छायांकन सरोज अधिकारीले गरेका छन् भने भिडियोमा निर्मल केसी, रिना शाही, अमृत श्रेष्ठ लगायतले अभिनय गरेका छन् ।
फलानो क्रिएशनले निर्माण गरेको उक्त भिडियो पोखराको विभिन्न स्थानमा छायांकन गरिएको क्रिएशनका प्रोडक्सन को–अर्डिनेटर सन्तोष परियारले बताए ।
Comments are closed.