पाेखरा ९ भदाै/नेपाली कांग्रेस कास्कीका नेता रामजी पौडेल ‘बादल’को हत्या भएको मंगलबार १३ औं दिन पुगेको छ । मंगलबार नेता बादलकै घरमा १३ औं दिनको पुण्य तिथिको कार्यक्रम भएको छ । उनको घरमा कांग्रेसका नेता, कार्यकर्ताहरु जम्मा भएर उनको सम्झना गरेका छन् तर आजसम्म पनि उनको हत्यारा समातिन सकेको छैन ।
परिवार तथा केही कांग्रेस कार्यकर्ताहरुले समेत काटानी जाहेरी दिएका छन् तर हत्यारा साउने काममा प्रहरी असफल भएको छ । उनको हत्याको आरोपमा लेखनाथ अध्यक्ष राजेन्द्रमणी लामिछाने र राजु रानाभाट प्रहरी हिरासतमै छन् । हत्या अभियोग लागेका विश्बास गौतम, रविन केसी र प्रकाश गुरुङ लगायत अझै फरार छन् ।
उनको हत्यामा दुःख मनाउ गरिरहेका नेता कार्यकर्ताहरुले किटानी जाहेरी भएका व्यक्तिहरुका विषयमा भने मौन बसेका थिए । बादलको हत्यारालाई कारवही गर्नुपर्ने भनाई राखे पनि धेरैले प्हरी हिरासतमा रहेका तथा हत्याको आरोप लागेका कसैको पनि नाम लिएनन् । यसलाई धेरै कार्यकर्ताले दुःख मनाउ गरेका छन् ।
हत्यामा संलग्न रहेका भनिएकाहरुलाई पक्राउ गरि कारवाही गर्न नसक्नु कांग्रेस कै नेताहरुको कमजोरी रहेको समेत आरोप लाग्न सुरु भएको छ । जो सुकै भएपनि राजनीतिक संरक्षण नगरि कडा भन्दा कडा कारवाही गर्न कांग्रेस नेतृत्व लाग्नुपर्ने हो तर त्यो नभएको भन्दै कार्यकर्ताहरु नै रुष्ट भएका छन् ।
बादलको १३ औं दिनको पुण्य तिथिमा आएका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले युवा नेता वादलको निर्मम हत्या गर्ने र हत्याका मतियारा जो कोही भए पनि कुनै हालतमा उम्कन नदिने जिकीर गरे । कांग्रेसले कुनै किसिमको अपराध गर्नेलाई साथ नदिने भन्दै कसैले अपराध गरे त्यो कांग्रेस नभएको उनले धारणा राखे । सोहि अवसरमा वादलको स्मृतिमा निर्माण गरिने प्रतिष्ठान र वादल वाल उद्यान स्थापनामा आपूmले पनि सक्दो सहयोग गर्ने पौडेलले बताए ।
पूर्व सभामुख तारानाथ रानाभाट, नेपाली कांग्रसका केन्द्रीय सदस्य एवं सभासदहरु वालकृष्ण खांण, वल वहादुर केसी, धनराज गुरुड, जीवन परियार, शारदा पौडेल, वृन्दा राना, सुरेन्द्र पाण्डेले स्व .वादलको हत्याले नेपाली कांग्रेसको विश्वास, सिद्धान्त र राजनीतिमा धक्का लागेको धारणा राखेका थिए । तर, धेरै कार्यकर्ताहरुले यिनै नेताहरु उनको हत्यारा पक्राउ गर्न कडाईका साथ नलागेको आरोप लगाउँछन् ।
कार्यक्रमममा काग्रेस नेता सुक्रराज शर्मा, खेमराज पौडेल, सोभियत बहादुर अधिकारी र महादेब गुरुङ लगाएतका बक्ताहरुले निष्ठाको राजनिती गर्ने रामजी वादलको हत्या भएको १३ दिन बितिसक्दा पनि हत्यारालाई पक्राउ गर्न नसक्नु र छानविन आयोग गठन नहुनु पार्टीको कमजोरी र हत्यारालाई पार्टीले नै प्रोत्साहान गरेको आरोप लगाए ।
कास्की काग्रेसका सभापति एवं सभासद यज्ञ वहादुर थापाले आफुले हत्यारा पक्राउ गर्न लागेको कोशिस गरिरहेको बताउँदै कांग्रेसले बादल जस्तो निष्ठावान नेता गुमाएको बताए । स्व .वादलकी श्रीमति चन्द्राबति पौडेलले अहिलेसम्म हत्यामा संलग्न अपराधीलाई पक्राउ र कारवाही गर्न नसकेकोमा दुःख व्यक्त गर्दै हत्यारा र घटनाका मतियारहरुलाई तुरुन्त पक्राउ गरि कानुनको दायरामा ल्याई कारबाही गर्न पार्टी पछि परेको भन्दै भाव विह्वल भईन् ।
सोही अवसरमा घटनामा परि घाईते भएका मनोज गुरुङले हत्यामा संलग्न फरार भईरहेको अबस्थामा पार्टीबाट खोज तलासी नहुनु सिङ्गो पाटिको कमजोर भएको भन्दै उनले समय आएपछि घटनाका दोषी र मतियारालाई एक एक गर्दै पोल खोलिने बताए ।
Comments are closed.