पोखरा, २ चैत /पोखरा उपमहनागरपालिका वडा नम्बर २० भलामका गोविन्द पौडेलले पालेको कुकुरले शंखको आवाज निकाल्न थालेपछि, कुकुर हेर्ने मानिसहरुको भिड लाग्न थालेको छ । पौडेलले बिहान बिहान घरमा पुजा पाठ गर्दा संख घण्ट पनि बजाउने गर्दै आएका छन् ।
उनले जब शंख बजाउन सुरु गर्छन् कुकुर चौकोमा जान्छ र उसले पनि शंखको आवाज जस्तै निकाल्दै लगातार भुक्ने गर्छ । पौडेलले बिहान बिहान आफुले शंख बजाएको देख्दै सुन्दै आएको कुकुरलाई तालिम जस्तो भएकोले आफुले शंख बजाए जस्तो गरेर आवाज निकाल्ने गरेको बताए ।
स्थानीय तारा प्रसाद पौडेलले कुकुरले शंखको आवाज निकालेपछि आफुहरुलाई अनौठो लागेको बताए । सुरुमा त विश्वास नलागेको पछि गोविन्दकै घरमा गएर प्रत्यक्ष हेरेपछि आफुहरु दंग परेको बताए । विगत ५ बर्ष देखि घरको रक्षाको लागि कुकुर पाल्दै आएका छन् ।
छोरीहरुको विवाह भएको र छोराहरु जागिरको शिलसिलामा घरबाहिर भएकोले श्रीमान श्रीमतीको साथीको रुपमा कुकुर पाल्दै आएको उनले बताए । बिक्कि नाम दिइएको कुकुरले निकालेको शंखको आवाज सुन्न आजभोली पौडेलको घरमा भीड लाग्न थालेको छ ।
Comments are closed.