सहरमा थरि थरिका मान्छेहरू वस्न आउछन। सहरमा एकथरि मान्छे कामका लागि आउछन। अर्काथरि सुविधा उपभोग गर्न आउछन।अति विपन्न र अति सम्पन्नहरूको वीचमा एउटा मध्यम वर्ग रहेको छ। यो सधै भरि चेपुवामा पर्ने वर्ग हो। यो न तलै झर्न सक्छ न माथि नै उक्लन सक्छ।साच्चै भन्ने हो भने वास्तविक पिडित यही वर्ग हो।
यति वेला पोखरामा एउटा वर्ग देखिएको छ। ज आफूलाई खानदानी उच्च वर्ग हौ भन्छ। ,कुकुर पाल्ने र विहान भरि डोर्याएर हिडने वर्ग। अर्काको घर अगाडि अर्थात मुल गेटमा फोहर गराउने वर्ग। उनीहरू त्यैसैमा गर्व गर्छन।उनीहरूको गर्व मध्यम वर्गको लागि पीडा हुदै गएको छ।
नेपालमा खुल्ला दिशा मुक्त घोषणा गर्ने पहिलो जिल्ला कास्की हो। मान्छेको दिशा केही हदमा नियन्त्रण गर्न सफल पनि भयो। तर कुकुरको दिशा नियन्त्रण गर्न सकेको छैन। जसको कारण कुकुरको दिशाले सहर दूर्गन्दित भएको छ। कुकुरको दिसाले नागरिक आजित भएका छन।
कुकुर पाल्लनेहरू निकै वुझक्की हौ भन्छन।तर व्यावहारमा त्यस्तो पाईदैन।उनीहरूले आफूलाई जे ठाने पनि समाजको नजरमा असभ्य र असभ्य देखिएका छन। किन भने उनीहरू अरूको गेटमा कुकुरलाई दिशा गराउदा खुसी देखिन्छन। यसवाट के कुरा थाहा हुन्छ भने कुकुर पालेर अरूको घरको अगाडि फोहर गराउनेहरूको दिमागै फोहोर छ। त्यसको शुद्धीकरण धनले मात्र गर्न सक्दैन भन्ने कुरा पुष्टि भएको छ। पोखराका सवै सडकहरू हुने खाने हौ भन्नेका कुकुरको दिशाले भरिएर नाकै फुटला जस्तो भएको छ।
कुकुर पाल्नेहरूलाई संझाएर पार लाग्ने नदेखे पछि पोखराका केही टोल विकास संस्थाहरूले आफ्नो आफ्नो कुकुर संरक्षण गर्नु होला अन्यथा कारवाही हुनेछ भन्ने चिठी दिई सकेका छन। तर पनि कुकुर डोर्याएर सान देखाउनेहरूले फोहोर गराउन छोडेका छैनन। कुकुरलाई सडकमा छोडन र फोहर गराउन पाईदैन यदि यो कुरा नमानेमा संम्वन्धित कुकुर धनीलाई कारवाही गरिने छ भने पनि कमी आएको छैन। यस विषयमा नगर पालिका लगायत सम्वन्धित निकायले सहयोग गरि कुकुरको दिशा सार्वजनिक सडक, अर्काको घरको मुल गेट आदि मा गराईने फोहोर रोक्न सहयोग गर्नु जरूरी छ। अन्यथा यो शहर कुकुरको सौचालयमा परिणत हुनेछ।
Comments are closed.