पोखरा, ४ बैशाख ।
कास्की जिल्लाको चापाकोट गा.वि.स.मा रहेका कुकुर, विरालोलाई रेविज विरुद्धको खोप दिईएको छ । चापाकोट गाविसको बार्षिक कार्यक्रम अनुसार योबर्ष पनि गाविसमा रहेका कुकुर बिरालोलाई रेविज विरुद्धको सुई दिने कार्यक्रम संचालन गरिएको चापकोट गा.वि.स.का गाविस सचिव युवराज पौडेलको जानकारी दिए ।
कार्यक्रम हिमालय एनिमल रेस्कीव ट्रष्ट पोखराको प्राविधिक सहयोग र चापाकोट गा.वि.स.को व्यवस्थापनमा आयोजना गरिएको पौडेलले बताए । कार्यक्रममा ८३ कुकुर र ४ बिरालोलाई खोप दिईएको थियो ।
Comments are closed.