नेपालका धेरै गॉंउहरूमा कुपोषण व्याप्त छ। त्यस वाट मुक्ति खोजेर मुलुकमा धेरै पटक आन्दोलनहरू भए।पछिल्लो सशस्त्र संघर्ष रोकिएको पनि दश वर्ष भयो। शान्ति संझौता भएको पनि त्यत्ति नै वर्ष वित्यो तर सरकारले अझै स्थायित्व प्राप्त गर्न सकेको छैन।छ छ महिनामा सरकार फेर्ने र संक्रमणको नाउमा भागवन्डा गरेर राज्य संयन्त्र हडप्ने परिपाटी रोकिएको छैन। राज्यका संम्पूर्ण अंगहरूमा काग्रेस एमाले र माओवादी केन्द्रले हैसियत अनुसारको भागवन्डा लिएका छन। मुख्य दलहरूले भागवन्डा गरेर सरकारका निकायहरू संचालन गर्छन। त्यहा भएका कमी कमज़ोरी तै चुप मै चुप को नीतिमा ढाकछोप गर्दै अाइरहेका छन। जसले गर्दा सरकार स्वंम कुपोषणले थलिएको छ। यस्तो सरकारले कर्णालीको कुपोषण काहा देख्न सक्छ र ?उसले त सिंह दरवार भित्रै हुर्किएका स्तनका गिर्खाहरू मात्र देख्दछ। डा गोविन्द के सी दशौ आमरण वसेका छन। उनको पनि पहिले जस्तो क्रेज छैन। जति पटक अनसन वसे पनि सरकारमा उनै छन। “काले काले मिलेर खाउ भाले ” ठुला दलको स्थायी नीति हो। डा. केसी लाइ पागल घोषणा गरेर कुन दिन रॉंची पठाउछन थाहा छैन।कुनै वेला गगन थापा डा. केसीलाइ वोकेर हिडथे अहिले त्यै केसी नामै सुन्दा चिलाउन थालेको छ। कर्णालीका जनताको पनि स्वास्थ्यमा सुधार हुनुपर्छ भन्नेहरू अहिले आफै केन्द्रमा छन तर खै दिनहू खाना नपाएर हड्डी र छाला मात्र वेरिएका जीवित कंकालहरू मेडियाले प्रसितुत गरि रहेका छन। तर त्याहा सरकार छैन सरकार त सिंहदरवार वरिपरि स्याउजस्ता पोटिला गालावाट फुत्किएको मृदुमुस्कानमा अलमलिएको छ।किन भने सरकारको आखामा यति वेला भदौको हरियाली वाहेक केही छैन।
सरकारले आफ्नो नीति र कार्यक्रममा जनताको स्वास्थ्य र खाद्य नीतिलाइ मौलिक हक भित्र राखेर प्रस्तुत गर्ने गरेको पनि दशकौ भयो। तर ती कार्यक्रम कहिल्यै पनि प्रयोगमा आएको छैन। सरकारले जुन सुकै अधिकारको क्षत्र भित्र राखेर प्रस्तुत गरे पनि कार्यन्वयन नगरिदिए पछि त्यसले कुनै अर्थ राख्न सक्दैन।अहिले देखिएको समस्या यही हो। अहिले कर्णाली मात्रै होइन पहाडका धेरै जिल्लाहरूमा कुपोणको समस्या छ। यस वारे सरकारको कुनै दीर्घकालीन योजना छैन। मान्छे जन्मदा र मर्दा वीस किलो चामल दिने सरकारी नीतिले कस्को स्वास्थ्यमा सुधार आउछ र ? त्यस कारण भागवन्डा गरेर खादै आएका तीनै दलले यसको जिम्वेवारी लिएर एउटा स्वतन्त्र स्वास्थ्य नीति निर्माण हुनु पर्दछ। हैन भने भाषण गर्दा एक छिन ताली वज्छ तर तिनै ताली सव भन्दा छिटो गालीमा परिणत हुन पुग्छन।
Comments are closed.