हान्स क्रिश्चियन एनडरसनद्वारा लिखित विश्वविख्यात कथा “वादशाहको नयाँ लुगा” हामी धेरैले पढे सुनेको कथा हो । उक्त कथाका लेखक हान्स क्रिश्चियन एनडरसन आज जीवित भएका भए विश्व खाद्य संगठन मानवीय मामिला विभागका निर्देशक जोन जिङ्गले नेपालका प्रशासक, सञ्चारकर्मी र सर्वसाधारण नेपालीलाई कुहिएको दाल चामललाई किन कुहिएको भन्यौ भन्दै धम्क्याएको कुरो सुनेर कति हास्थे होलान् ? आप्mनो विश्वविख्यात कृति वादशाहको नयाँ लुगामा चित्रण गरिएको कुरा ठ्याक्कै मिल्न गएकोमा सा¥ह्रै आनन्द विभोर हुने थिए होलान् ।
उनले रचेका कथामा नाङ्गै रहेका महाराजलाई सर्वसाधारण आफ्नै मूर्ख बन्ने डरले विभिन्न रत्न र मणीकाँदी जडित लुगा लगाएर अत्यन्तै सुहाएको भन्न विवश र बाध्य थिए । आज विश्व खाद्य कार्यक्रमका जिङ्ग नेपालको सरकार, राजनीति दल, प्रशासक, मानव अधिकारकर्मी तथा सासंद सदस्य र पत्रकारहरुलाई कुहिएर सडेको गन्हाई सकेको चामल र दाललाई गन्हाएको र सडेको विल्कुल छैन, मगमग बास्ना आएको छ प्रभु । “हजुरबाट बक्स भएको सर्वगुणकारी चामल गन्हाएको होइन । हाम्रा प्रशासक नेता, मानव अधिकारकर्मी यत्र रुप र सासंदहरुको आफ्नै सुग्ने नाक हो प्वाल गन्हाएको हो” भन्न बाध्य पारेका छन् ।
आज विश्व खाद्य कार्यक्रमका जिङ्ग नेपालको सरकार, राजनीति दल, प्रशासक, मानव अधिकारकर्मी तथा सासंद सदस्य र पत्रकारहरुलाई कुहिएर सडेको गन्हाई सकेको चामल र दाललाई गन्हाएको र सडेको विल्कुल छैन, मगमग बास्ना आएको छ प्रभु । “हजुरबाट बक्स भएको सर्वगुणकारी चामल गन्हाएको होइन । हाम्रा प्रशासक नेता, मानव अधिकारकर्मी यत्र रुप र सासंदहरुको आप्mनै सुग्ने नाक हो प्वाल गन्हाएको हो” भन्न बाध्य पारेका छन् ।
चामल र दाल गन्हाएको कुहिएको भनेर भन्दा विश्व खाद्य कार्यक्रम नै नेपालबाट बन्द गरिदिएर अभागी र विपदमा परेका नेपाली जनतालाई भोकभोकै पार्नु भन्दा त आप्mनै नाकको प्वाल गन्हाएको रहेछ भनेर एकमितसँग माफी माग्नु नै नेपालको कल्याण छ भन्ने आशय जिङ्ग महाशयको हुँकारमा पाइन्छ । उहिले उहिले हाम्रा गाउँ घरका जिम्वाल, मुखिया र साहुहरुले आफ्नै रैतीहरुले दिएको जडौरी लुगा र चिल्सा परेको पिठोलाई अपमान गर्ने हिम्मत र हैसियत थिएन । मालिकले जे दिए, जस्तो दिए मालिक, भगवान प्रभुको जय जय होस भन्दै दश औंला जोडी जदौ जदौ गर्दै प्रभुतर्फ चाक नफर्काईकन पछाडि पछाडि सर्दै स्वस्ती गर्दै विदा हुनुको के कुनै विकल्प थियो ? थिएन, हो आज गरिब नेपाली र विश्व खाद्य संगठनका मालिकहरुबीचको सम्बन्ध को आधार त्यही हो । धरातलिय बास्तविकता त्यही हो । भोका माग्ने नेपालीहरुले सर्वशक्तिमानदाता प्रभुले दया गरेर सित्तै खान दिएको चामल दाल बारे राम्रो नराम्रो गन्हाएको वास्ना आएको बारे वादविवाद र प्रश्न उठाउनु एउटा ठूलो अपराध भएको छ ।
हामीले दया गरेर तिमी गरिब भिखारीहरुलाई खान दिएको दाल चामल जस्तो छ त्यस्तै खाने भए खाउ, नखाने भए तिमीहरु जस्ता खान नपाएका गरिबहरुको यो संसारमा कुनै कमी छैन । हामी अन्त लैजान्छौं यो “बहुमूल्य” खाने सामग्री बुभ्mयौ ? मिष्टर जोन जिङ्गको हंंकारको सार यही हो । हुन पनि हो । गरिब र भीख मगुवा खान नपाएकाहरु नेपालमा मात्र छैनन् । अफ्रिकी मुलुक, क्यारवियन क्षेत्रका जनताले त्यही चामल वर्षौ वर्षसम्म खाँदा विश्व खाद्यका मालिकहरुको जय जयकार मनाए । सयौं पटक जदौ गरे । प्राण बचाएको प्राण रक्षक भनी हजारौ पटक स्तुती गाए । त्यस्ता महाप्रभुको नेपाली मगन्तेहरुले औँला ठढ्याउन सक्छन् ?
त्यो चामल खाँदा तिनले कुनै नराम्रो प्रतिक्रियासम्म दिएनन् । त्यस्तो सोझा र सहनशील भीखभङ्गा गरिब पो राम्रा गरिब त ? दिनु पनि छ, नानाभाति सडेको, कुहिएको अझ गन्हाएको भनेर हल्ला गर्ने यस्ता बैगुनी नेपाली प्रशासक र पत्रकार भएको देशका गरिब र भीखभङ्गा त मिष्टर जिङ्गले अझसम्म विश्वमा कहि पनि देखेका थिएनन् । अनि उनलाई जङ्ग नचल्ने कुरा आउँछ । नेपाली सासंददेखि सञ्चारकर्मीहरुले उही “वादशाहको नयाँ लुगा” का पात्र भैंm चामल दाललाई क्या मगमग बास्ना आएको भनेर किन भन्न नसकेका ? किन त्यस कथाको एउटा निःस्वार्थ अवोध बालकले कुनै लुगा नलगाएका नाङ्गै रहेका महाराजलाई “तिमी त नाङ्गै छौ । तिम्रो शरिरमा कुनै लुगा नै छैन” भन्ने जस्तो हिम्मत गरी भोका नेपालीले कसरी भन्न मिल्छ ? मिष्टर जिङ्गको यस हुंकार को घमण्डी यही थियो ।
गजब छ । यी खाद्यका जिम्वाल साप त उहिले उहिले हाम्रा गाउँघरका मुखियाभन्दा पनि चर्का पो रहेछन् । त्यस बेला हाम्रा गाउँघरका मुखिया बाजेहरुले आप्mना हली गोठाला हुक्केहरुलाई आप्mनो जडौरी र जुठोपुरो दिँदा पनि ठूलै दया गरेको सम्झिएर जुन प्रकारले हैकम रोव र तुजुक गर्थे ति भन्दा पनि खाद्यका जिम्वालको तुजुक र हैकम अझ चर्को देखियो । नेपालीमा प्रायस भनिने उखान “जो ….. उसकै ठूलो सोर” भनेको उदाहरण पनि यही होला ।
गतबर्ष अझ त्यसको पनि अघिल्लो वर्ष पनि जाजरकोट लगायत नेपालको पश्चिमी पहाडी भेगमा हैजाको महामारी पैmलिएको थियो । सयौं नेपाली जनताले त्यसबाट ज्यान गुमाए । राम्रोसँग अनुसन्धान भएन । राम्रो र वैज्ञानिक रुपमा अनुसन्धान भएको भए त्यो हैजा झाडापसलाको कारण कहि न कहि कुहिएको सडेको गलेको र गन्हाएको खाद्य पदार्थ कै प्रयोगले भएको तथ्य फेला पर्ने थियो होला । नेपालगञ्ज गोदामबाट खाद्यान्न आपूर्ति गर्ने ठाउँ र क्षेत्र पनि त्यही नै हो ।
के विश्व खाद्य संगठनको नेपालगञ्ज गोदाममा रहेको सडेगलेको कुहिएको र गन्हाएको अखाद्य चामल दाल र जाजरकोट लगायत त्यस क्षेत्रमा प्रत्येक वर्ष पैmलने झाडापखाला र हैजाको प्रकोपसँग कुनै सम्बन्ध छैन र थिएन भन्न सकिन्छ । यसबारे किन विश्लेषण र अनुसन्धान नगर्ने ? किन तथ्यको खोजी नगर्ने ? पहिलो र दोस्रो विश्व युद्धमा गरिएको मानवता विरोधी हर्कतको त अहिले पनि गाडिएका चिहान खोतलेर धमाधम अस्थिपञ्जर झिकेर युद्ध अपराधमा सजाय दिने काम भैरहेको छ । हाम्रो जाजरकोट लगायतका जिल्लामा कसरी र केले महामारी पैmलियो ? किन यत्रो धनजनको क्षति भयो भन्ने कुनै अनुसन्धान हुन सक्दैन ?
के विश्व खाद्य संगठनको नेपालगञ्ज गोदाममा रहेको सडेगलेको कुहिएको र गन्हाएको अखाद्य चामल दाल र जाजरकोट लगायत त्यस क्षेत्रमा प्रत्येक वर्ष फैलने झाडापखाला र हैजाको प्रकोपसँग कुनै सम्बन्ध छैन र थिएन भन्न सकिन्छ । यसबारे किन विश्लेषण र अनुसन्धान नगर्ने ? किन तथ्यको खोजी नगर्ने ?
तथ्य, सत्य थाहा पाउन सकिदैन ? अनि त्यसको दोषीलाई अन्तराष्ट्रिय अदालतमा मुद्दा चलाएर मानवता विरोधी युद्ध अपराधी भैm कुहिएको चामल खुवाएर मानिस मार्ने अपराधीका रुपमा सजाय दिलाउन सकिँदैन होला ? यस्तो प्रश्न धेरैको मनमनमा पक्कै उठ्न सक्छ । उठेको पनि होला । तर लगत्तै तयसको जवाफ पनि आप्mनै मन भै आउँछ होला । आखिर न्यायालय र न्याय भनेको पनि त धनवान, बलवानका लागि मात्र त हो नि ? गरिब भोका र अभागीहरुका लागि अन्तराष्ट्रिय अदालत र हेगका कुरा सपना मात्र न हो । नत्र भने मिष्टर जिङ्ग तिमीलाई पनि नेपालका कर्णेल लामालाई बेलायतमै गिरप्mतार गरेर मुद्दा चलाए जस्तै नेपाल कै नक्खुजेल मात्र थन्काउन पनि सकिन्थ्यो । के गर्ने गरिबले सपना देख्नु पनि पाप नै होला !
Comments are closed.