केमिकल सोसाइटी गण्डकीको ध्यानाकर्षण

पोखरा हटलाईन
पोखरा, ३० साउन
पोखरा महानगरपालिकाद्वारा सञ्चालन गर्न लागिएको गण्डकी बहुप्राविधिक शिक्षालयको निर्देशक पदमा चाहिने योग्यताका विषयमा गरिएका टीका टिप्पणीप्रति नेपाल केमिकल सोसाइटी गण्डकीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजका अध्यक्ष डा. रामजीवन यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित इन्जिनियरिङ अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, खुला विश्वविद्यालय एवं सम्बन्धन प्राप्त क्याम्पस लगायतका संस्थामा समेत रसायन शास्त्र, विज्ञान तथा प्रविधि संकाय अन्तर्गतको डिन एंव क्याम्पस प्रमुख भएको नजिर रहेको उल्लेख गरेका छन् ।
पोखरा महानगरपालिकाद्वारा सञ्चालित बहुप्राविधिक शिक्षालयमा सञ्चालन हुन सक्ने इन्जिनियरिङ, कृषि, वन, विज्ञान, नर्सिङ, स्वास्थ्य लगायत विषयमा समेत फिजिक्स, केमेस्टि र गण्ति समेत पढाइ हुने भएकाले उक्त विषय अध्ययन गरेका व्यक्तिको नेतृत्व हुन स्वभाविक नै भएको समाजको ठहर छ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Comments are closed.