कैदीबन्दीको लागि जनरल कुक र बेकरी तालिम सञ्चालन

कारागार कार्यालय, कास्कीले कैदी बन्दीको लागि जनरल कुक तथा बेकरी  तालिम संचालन गरेको छ । बुधबार कारागार कार्यालय, कास्कीका जेलर गणेश गौतमले जनरल कुक र बेकरी  तालिम कार्यक्रमको उदघाटन गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालन कारागार कार्यालयका नायव सुब्बा झंकनाथ पौडेलले  गर्नुभएको थियो ।  स्वागत मन्तव्य कारागार कार्यलयका सि.अ.हे.व. तपरमण पोखरेलले राख्नु भएको थियो । पुरुष ख व्लकका चौकिदार अनिल गुरुङले तालिम उपयोगी रहेको मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमका प्रशिक्षक झंकनाथ ढकालले जनरल कुक तथा बेकरी तालिमले भविष्यमा सानो लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने बताउनु भयो । कारागार कार्यलय , कास्कीको  आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक तालिम कार्यक्रम अन्तरगत उक्त तालिम संचालन गरिएको हो । तालिमम कार्यक्रम पुरुष तर्फको क  व्लकका २५ जना कैदीबन्दी सहभागी भएका छन । त्यसैगरी पुरुष ख व्लकका २५ जना कैदीबन्दीको सहभागीता रहेको छ । तालिममा कारागार कार्यालय , कास्कीका ५० जना कैदीबन्दीले भाग लिएका छन् ।  तालिम दुबै पुरुप व्लकमा छुट्टाछुट्टै रुपमा सञ्चालन हुनेछ ।

सहभागीले जनरल कुक तथा बेकरी तालिम कार्यक्रममा नेपाली दाल भात तरकारी अचार बनाउन , समसा , मम तथा चाउमिन , बेकरीका आइटम लगायत पकाउन सैद्धान्तिक तथा व्यवहारीक रुपमा सिकाउने कारागारका जेलर गणेश गौतमले बताउनु भयो । यस तालिमको उद्देश्य सामान्य खालको खाजा घर संचालन गर्न सक्ने तथा होमस्टे सञ्चालन गर्न सक्षम बनाउने लक्ष्य रहेको छ । तालिम २०७६ फागुन २८ देखी ४५ दिन सम्म सञ्चालन हुनेछ । तालिममा  तारा बहादुर सारु मगर तथा झंक प्रसाद ढकालले प्रशिक्षकको भूमिका निवाउनु हुनेछ ।    पोखरा भ्याली टेक्निकल ईन्स्टिच्युट प्रा.लि.को प्राविधिक सहयोेगमा  सिसिईभिटिको नम्स अनुसार तालिम संचालन गर्ने गरी तालिमको आयोजना गरिएको छ । । तालिम कार्यक्रमले  कैदी बन्दीहरुमा सिपको विकास हुने तथा  स्वरोजगार सिर्जनामा सहयोग पुराउने कारागार कार्यलय कास्कीका जेलर गणेश गौतमले बताउनु भयो । तालिमले कारागार भित्रको भान्सामा समेत थप सुधार गर्नका लागि सहयोग पुराउने छ ।

Comments are closed.