पाेखरा २४ बैशाख
पोखरामा मुख्य कार्यालय रहेको कैलाश विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि २८ लाख ८० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
बैंकका कर्मचारीहरुले ६ दिनको तलबबाट पीडितका लागि जम्मा गरेका थिए । बैंकका कर्मचारीहरुले ६ दिनको तलब ३ लाख ८० हजार रुपैयाँ र अन्य बैंकको सामाजिक उत्तरलायित्व कार्यक्रममार्फत गरी उक्त रकम कोषमा जम्मा गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले जानकारी दिए । साथै बैंकले भूकम्पमा परि ज्यान गुमाएका परिवार तथा जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
Comments are closed.