चुक्ता पूँजी बढाउन मर्ज र एक्विजिशन गर्ने
पोखरा १ कार्तिक
कैलाश विकास बैंक लिमिटेडको साधारण सभाले लगानीकर्तालाई २४ प्रतिसत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकको शनिबार पोखरामा भएको २२ औं वार्षिक साधारण सभाले बोनसको प्रस्ताव पारित गरेको हो ।
यो बैंकले गत आर्थिक वर्षमा २५ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यही नाफाबाट लगानीकर्तालाई २४ प्रतिशतका दरले बोनस दिन लागेको हो । संस्थाले अधिकृत पूँजी बृद्धि गरी दुई अर्व ५० करोड पुर्याउने प्रस्ताव पनि पारित गरेको छ । नेपाल राष्ट्र बैंकले तोके अनुसार आगामी २०७४ साल असार मसान्तमा चुक्ता पुंजी दुई अर्व ५० करोड रुपैया पु¥याउन उपयुक्त बैंक तथा वित्तीय संस्थालाई मर्जरएक्विजिशन गर्ने निर्णय पनि साधारण सभाले गरेको छ ।
असोज २९ गते सम्ममा यस संस्थाले नौं अर्ब ५८ करोड निक्षेप संकलन र आठ अर्ब ७ करोड कर्जा लगानी गरेको छ । संस्थाले विभिन्न जिल्लाका २५ शाखा मार्फत इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग सुविधा उपलब्ध गराएको छ । त्यस्तै बैंकका १४ वटा एटिएम मेशिनद्वारा आफ्नो सेवा प्रदान गर्दै आएको छ । बैंकले निकट भविष्यमा गोरखाको पालुङ्गटार नगरपालिकाको ठाँटीपोखरीमा नयां शाखा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
Comments are closed.