कोइरालाको चुनावी अभियान तीव्र ।


पोखरा ,२४ कार्तिक
कास्की क्षेत्रनं १ अन्तरगत प्रदेश (क)का बाम गठबन्धनका साँझा उम्मेदवार दिपक कोइराल (रुपक)ले चुनाबी अभियान लाई तिव्र पार्नुभएको छ । कास्कीको रुपा गाउँपालिका स्यास्त्री बाट अभियानको शुभारम्भ गर्नुभएका कोइरालाले जनयुद्धका सहिद चन्द्रकान्त खनालको परिवारजन लाई भेटेर आफ्नो चुनावी अभियान शुरु गर्नुभएकोहो । क्षेत्रनं १ (क)को सम्पर्क कार्यलय भोली उद्घाटन गरे संगै अझै अभियान लाई तिव्र पार्ने बामगठबन्धनले जनाएका छन् । माओबादी केन्द्रका प्रभावशाली युवा नेता समेत रहनुभएका कोइरालले समृद्धि , विकास स्थायी सरकारको लागि बामगठबन्धन लाई भारीमतले जिताउन घरदैलो अभियानमा स्थानीय मतदाताहरु संग अपिल गर्नुभएको छ । राष्ट्रिय किरकेट संघका केन्द्रीय अध्यक्ष एवं क्षेत्रीय खेलकुद विकास समितिका पुर्व अध्यक्ष समेत रहनु भएका कोइरालाले पर्यटन, कृषि संगै खेलकुदको विकास गर्नको लागि आफुहरु संग बैज्ञानिक योजना रहेकोले बाम गठबन्धनका उम्मेदवार लाई विजयी गराउन आग्रह गर्नुभयो । उहाँले स्थायी सरकार नभएकोले देशमा विकास हुन नसकेको बताउदै विकास र निकासको लागि प्रतिनिधि सभातर्फ क्षेनं १का बामगठबन्धनका साझा उम्मेदवार खगराज अधिकारी लाई सुर्य चिन्हमा र प्रदेश (क)मा गोलो घेरा भित्रको हसिया हथौडामा मतदान गरेर विजयी गराउन अनुरोध गर्नुभयो ।

Comments are closed.