पोखरा ,रत्नचोक
विश्व मानव जगत नै कोभिड नाइन्टिन कोरोना नामक भाइरसको आक्रान्तले तड्पीरहेको अनि छट्पटीरहेको छ।सम्पुर्ण विज्ञान जगतअनि मानव जगतलाइ नै अहिले चुनौती दिदै खरायोको गतिमा आफ्नो गन्तव्यतर्फ दौडिरहेको छ।अहिले विश्व नै लकडाउन अर्थातबन्दाबन्दिमा रहेको र लकडाउन पनि किस्ताबन्दीको ढाचामा बढिरहेको छ।
अहिलेको यस्तो विषम परिस्थितिमा विश्व मानव जगतलाई आफ्नो ज्यान जोगाउनु अथवा उक्त भाइरस बाट उन्मुक्ति पाउनु नै पहिलोप्राथमिकता रहेको छ।मनुष्यको मष्तिस्कमा भावबिह यसले सन्त्रास फैलाइरहेको छ।प्रकृतिलाइ नै जित्दै र छक्क पार्दै आएका विशालविज्ञान ,खोज ,अनुसन्धान संस्थाले पनि उक्त भाइरसबाट पराजित भएको अवस्था छ।प्रविधिको फडको मार्ने क्रममा विज्ञानले एकठाउँबाट अर्को ठाउँमा उड्न सक्ने अनि गुड्न सक्ने ठुला ठुला विमान तथा सबारी यन्त्रको आविष्कार गरे ,मान्छेको जस्तै नमुना भएको रसम्पूर्ण काम गर्न सक्ने क्षमता भएको रोबर्ट अथवा मानव यन्त्रको आविष्कार गरे तर बर्तमान विषम परिस्थितिमा चम्किरहेको भाइरसकानिम्ति अहिलेसम्म कुनै औषधि पत्ता लगाउन तथा नष्ट पार्नका निम्ति कुनै त्यस्तो हतियार बनाउन सकिरहेको छैन।उक्त भाइरसकाकारण सङक्रमित हुने अनि ज्यान गुमाउनेहरुको सङ्ख्या अकल्पनीय रुपमा ज्यामितिय अनुपातमा बढिरहेको छ।जसका कारण हाम्रोदेश नेपालमा पनि सतर्कता सहितको उचित ब्यबस्थापनको कमिका कारण पछिल्लो दुई चार दिनमै सङ्क्रमित हुनेको सङ्ख्या करिब दुईसय साठी पुगिसकेको छ अथवा सङ्क्रमितको सङ्ख्या अनपेक्षित दरमा बढिरहेको छ।
उक्त भाइरसका कारण विश्व जगत नै परिरहेको बेला नेपाल पनि यसबाट अछुतो रहन सकेन ।दिन रात सुनौलो भविष्य बोकेरनर्सरी देखि विश्वविद्यालय सम्म दौडिरहने विद्यार्थीहरु अहिले टाउकोमा हात राखेर हतोत्साहित भइ बसेका छन् ।ठुला ठुला सपना लिएरशैक्षिक संस्थाका प्रमाणपत्र रेकर्ड फाइलमा राखेर दौडिरहने विद्यार्थी अहिले निष्क्रिय भइ बस्न बाध्य भएका छन।यो विषम परिस्थितिमास्कुल,कलेज,विश्वविद्यालय गएर अध्ययन गर्न त सम्भव नै छैन तैपनी विद्यार्थीको अध्ययनलाइ थप प्रभावकारी बनाउन अनि निरन्तरतादिनका लागि राज्यले उपयुक्त विकल्प खोजी ठोस कदम चाल्न जरुरी छ।शहरमा गएर साहु ,महाजनकोमा सकि नसकी कोठा भाडामालिइ विभिन्न सेवा आयोगको तयारी गर्न ,विश्वविद्यालय ,कलेज,स्कुल अध्ययन गर्ने विद्यार्थी अहिले उक्त विश्व महामारिको चपेटामापरिरहेका छन।
कोहि विद्यार्थी गाउँका बाझा जमिनमा खेत खनिरहेका छन् ,कोहि विभिन्न सास्ती खेप्दै बाटोमै अलपत्र छन् ,कोहि घर जान पाउ भनीकरुणादायी बिन्तीका शब्द बोकि जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय र संघ ,प्रदेश ,स्थानीय सरकारका जनप्रतिनिधिसामु गुहार्न पुगेका छन् ,कोहि भोको पेटमै बेवारिसे बनेर सडकमै सुतिरहेका छन् ,कोहि त आफ्नो सामान्य जिविकोपार्जन गर्न समेत धौधौ परिरहेको हुँदा आत्महत्या गरिरहेका छन् ।तर सरकार के गरि बसिरहेको छ?किन बेखबर छ?चुनावको बेला मिठा मिठा सम्बोधन अनिरसिक लाग्ला एजेन्डा बोकेर घरदैलो गरिरहने जनप्रतिनिधि हरु अहिले कहाँ लुकेका छन?यो दु:खद लाग्दो विषय छ।यसका लागिराज्यका संबंधित निकायहरु एकले अर्को सङ्ग समन्वय र सहकार्य गरि अगाडि बढ्न ,खान नपाइ भोकभोकै बेवारिसे भइ सडकमासुतिरहेका विद्यार्थीलाई गाँस अनि बासको ब्यवस्था गर्न,विश्व महामारीको चपेटाबाट ससङ्कित भएका विद्यार्थीको अध्ययनलाई थपप्रभावकारी बनाउन र निरन्तरता दिनको लागि राज्यले समय र परिस्थिति अनुसारको बिकल्प खोज्न ,सहरमा डेरा गरि बस्ने मौलिकविद्यार्थीको तथ्यांक निकाली उनिहरुलाइ आफ्नो घरसम्म पुर्याउने ब्यबस्था गर्न सरकार समक्ष एक असल नागरिक अनि खबरदारी गर्ननिष्पक्ष रुपमा कलम चलाउने विद्यार्थीको हैसियतले बिन्ती तथा बिनम्रतापुर्वक अनुरोध गर्दछु।
कोरोनाको विरुद्ध लड्नका निम्ति सामाजिक दुरि कायम गरौं ,
अनावश्यक कामका लागि घर बाहिर नजाऔ,
हात मिलाउनुको सट्टामा नमस्कार गरौ,
आफू पनि बचौ,अरुलाइ पनि बचाऔ।
लेखक@जनपृय बहुमुखी क्याम्पस बिए दोश्रो वर्षमा पत्रकारिता अध्ययनरत विद्यार्थी हुन् ।
Comments are closed.