अमृत सुवेदी
पाेखरा १४ असाेज
कोरियन पहिरन । अनि कोरियन मूभी । अहिलेका युवा पुस्ताको पहिलो च्वाइस् । अझै त्यसमै थपिएको छ कोरियन फुडको मज्जा । पोखरामै बग्रेल्ती कोरियन रेष्टुरेण्ट खुलेका छन् । जहाँ पोखराका युवाहरुको लर्को लाग्छ । युवक भन्दा युवती धेरै । मेनुमा नहेरी सामग्यापसाल, किम बाब अर्डर गर्न उनीहरुले जानीसकेका छन् ।
कोरियन फुडको कल्चर प्रमोशन भइरहेको पोखरामा चलेका मध्यमा पनि उत्कृष्ट मानिन्छ, हाङ्गकुक साराङ्ग । कोरियामा लामो समय बसेका युवा विकास गुरुङले गरेको यो रेष्टुँराले डेढ दशकदेखि पोखरेलीलाई कोरियन स्वाद चखाइरहेको छ । साराङ्गमा छिर्यो । सामग्यापसाल अर्डर गर्यो टेबुलमा पकायो । खायो । यो यहाँको विशेषता नै हो । आफै इच्छा अनुसार बनायो खायो । साराङ्गमा कारियन फुड चाख्न पहिलो पटक पुगेका एक ग्राहकले भने, ‘मिठो रहेछ । म साथीसँग फेरि आउनेछु ।’ ६ वर्षअघि स्कुल पढ्दा कोरियन नाटक हेरेपछि कोरियन खाना चाखेका रहेछन् उनीहरुले ।
कोरियन फुडका लागि ख्याति कमाएको ‘हाङकुक साराङ्ग’ नाम नै कोरियन शब्दबाट राखिएको छ । त्यसको अर्थ हुन्छ, कोरियाको माया । पोखरा लेकसाइडको मध्य भागमा रहेको ‘हाङकुक साराङ्ग’मा कोरियन परिकारको स्वाद चाख्नकै लागि पनि कोरियन पर्यटकबाहेक नेपाली तथा अन्य देशका धेरैको गन्तव्य बनेको रहेछ ।
‘हाङकुक साराङ’ का संचालक गुरुङ पाहुनालाई शिर र शरिर झुकाउँदै भनिरहेका थिए, आन्नोङ, हासयो, ‘असोओसिवसयो’ । यो करियन भाषामा सम्मानका साथ स्वागत गर्ने तरिका रहेछ । ‘यहाँ धेरै देशबाट आउनुहुन्छ । पछिल्लो समय नेपालीहरुकै बढी रोजाईमा कोरियन खाना पर्ने गरेका छन्’, सञ्चालक गुरुङले भने ‘कोरियन परिकार अव नेपालीको संस्कृति जस्तै बनिसक्यो ।’
रेष्टुराँको मेनु हातमा परेपछि कुन परिकार छान्ने भन्ने द्विविधा हुन सक्छ । अंग्रेजी तथा कोरियन दुबै भाषामा यहाँ मेनु उपलब्ध छन् । द्विविधा नहोस् भन्नकै लागि यहाँ मेनुसँगै परिकारका फोटो राखिएको छ । कोरियन खानामा सिक्सारल बोरुल हेषिकोर्मा, सुप आइटममा किम्चि चिगे धेरैले मन पराउँछन् ।
किम्ची कोरियामा लोकप्रिय सस हो । रेष्टुराँले नियमित आउने ग्राहकलाई किम्ची सित्तैमा दिन्छ । जहाँ बिविम्बब, किम्बब र च्याम्पङलगायतका परिकार शाकाहारी र मांशाहारी दुवैमा उपलब्ध छ । त्यस्तै यहाँको किम्ची पनि वास्तविक कोरियन स्वादमा रहेको संञ्चालक गुरुङ बताउँछन् । ‘फुडमा कारियन स्वाद नै उपलब्ध गराउने गर्छौं, उताबाट आउनेले पनि त्यति खोज्छन् । अन्य देशका तथा नेपालीलाई पनि मन पर्छ’ सञ्चालक गुरुङले भने ।
बफ, चिकन, पोर्क र भेज खाना सबै पाइन्छ रेस्टुराँमा । सामग्यापसाल, बंगुरको मासु बोसो पगालेर, सलाद सागमा पोको पारेर खाइन्छ । उम्रिएको भटमास, साँधेको भटमास, किम्ची, लसुन, भात, सुपलगायत धेरै थरी परिकार हुन्छ सेटमा । थरीथरीका परिकार पाइन्छन् रेस्टुराँमा । खान नजान्नेले धक मान्नुपर्दैन । रेस्टुराँले सिकाइदिन्छन् । संचालक गुरुङ भन्छन्, ‘कोरियन खाना मध्यमवर्गीय परिवारले पनि खान सक्छन् ।’ ढुक्कले समय लिएर गफिँदै र रमाइलो गर्दै खाना सकिन्छ । कुर्सीमा बसेर वा पलेटी कसेर खान सकिन्छ ।
लन टेनिसका उत्कृष्ठ खेलाडीका रुपमा धेरै पटक पुरस्करसमेत जितिसकेका साराङ्गका संञ्चालक अव छिट्टै पोखरामा अर्को शाखा स्थापना गर्ने उद्देश्य रहेको सुनाउँछन् । हुन त हानकुक साराङ्गको सञ्जाल अहिले पनि देशभर छ । काठमाडौंको ठमेल, जाउलाखेल, स्वयम्भू र सिविलमहलमा तथा धारानमा समेत यसको सञ्जाल फैलिएको छ ।
Comments are closed.