पोखरा, १७ भदौ
कोरिया जानका लागि लिईने भाषा परिक्षाका लागि पोखरामा तीन वटा परिक्षा केन्द्र तोकिएको छ । वैदेशिक रोजगार विभागको इपिएस शाखाले आगामी असोज २ र ३ गते सञ्चालन गर्ने परीक्षाका लागि पोखराको लिटिल स्टेप हाईयर सेकेन्डरी स्कुल, सिमलचौर, स्टेप बाई स्टेप हाईयर सेकेन्डरी स्कुल, मासबार र ग्लोबल कलिजियट हाईयर सेकेन्डरी स्कुल, रानीपौवालाई केन्द्र तोकिएको हो ।
यसबाहेक काठमाडौंमा भने १५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ । यसअघि असोज २ र ३ गतेका लागि परीक्षा निर्धारित गरिएपनि केन्द्र तोक्न बाँकी थियो । पहिलो सिफ्टमा परीक्षा दिनेहरुले केन्द्रमा बिहान ८ः३० बजेभित्र पुगिसक्नुपर्नेछ । दोस्रो सिफ्टमा परीक्षा दिनेहरुले दिउसो १ बजेभित्र केन्द्र पुगिसक्नु पर्ने शाखाले उल्लेख गरेको छ ।
यो पटकको परीक्षामा करिब ७ हजार १ सय जनालाई उत्तीर्ण गराइने शाखाले जनाएको छ । यीमध्ये ४ हजार ९ सय जना उत्पादनमूलक क्षेत्रमा र २ हजार २ सय जना कृषि तथा पशुपालन क्षेत्रमा उत्तीर्ण हुने इपिएस शाखाको अनुमान छ ।
Comments are closed.