पोखरा ३ बैशाख । यसबर्षको कोरियन भाषा परीक्षा पोखराबाट समेत सञ्चालन हुने भएको छ । श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाले यसपटक देखि पोखराबाट पनि परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।
योसँगै अब पश्चिमाञ्चल आसपासबाट कोरियन परीक्षा भाषा परीक्षा दिन काठमाडौं नै जानुपर्ने बाध्यता हटेको छ । इपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाका अनुसार यसपटक पोखरामा करिब १० हजार विद्यार्थीले परीक्षा दिनमिल्ने गरी व्यवस्था मिलाईएको हो । यो व्यवस्थासँगै पोखरासहित पश्चिमाञ्चल क्षेत्रका कोरियन भाषा पढिरहेका विद्यार्थीहरु खुशि भएका छन् ।
यसेबीच, बिहीबारदेखि कोरियन भाषा परीक्षाको आवेदन फाराम खुल्ने भएको छ । काठमाडौं उपत्यकासहित पोखरा, बुटवल, धरान, डडेल्धुरा लगायतका ठाउँबाट बैशाख ६ गतेसम्म आवेदन फाराम भर्न सकिने इपीएस कोरिया शाखाले जनाएको छ ।कोरियन भाषा परीक्षाको फारम आजबाट खुलेको छ ।बिहीबार बिहान ८ बजेबाट खुलेको हो । दिउँसो दुई बजेदेखिनै लाइन बसेका छन् । कोरियन भाषा परिक्षाका लागि फर्म बुधबार बिहान आठ बजेबाट वितरण हुने भएपनि बुधबार दिउँसैदेखि विद्यार्थीहरु लाइनमा बसेका हुन् ।
राती नौ बजेसम्म करिब ४ सय जना लाइनमा बसेको शिव पौडेलले जानकारी दिए । पोखरा १६ बाटुलेचौरको विन्ध्यवासिनी मावि परिसरमा फाराम भर्ने स्थान तोकिएको छ । पोखरा भन्दा बाहिरबाट फर्म भर्न युवाहरु बुधबारबाटै लाइनमा बसेका छन् । फर्म भर्न स्याङजा, तनहुँ, बाग्लुङ, पर्वत, लम्जुङ, चितवन र कास्कीका जिल्लाका युवाहरु अघिल्लो दिनदेखि नै लाइनमा बसेका हुन् ।भोलिपल्ट लाइन धेरै हुने भएकाले अघिल्लो दिनमै लाइन बस्नुपरेको उनीहरुको भनाई छ ।
Comments are closed.