कोरोना भित्रिदैँ, भुमी बाहिरिदैँ |

📝अभिषेक पौडेल

पोखरा

विश्व नै कोभिड नाइन्टिन कोरोना नामक भाइरस बाट आक्रान्त भइरहेको छ।बिज्ञान अनि विश्व मानव जगतलाइ नै चुनौती दिदै कोरोनाविजयी प्राप्त गरिरहेको छ।उक्त भाइरसका कारण सङ्क्रमित अनि ज्यान गुमाउनेको सङ्ख्या दिनानुदिन ज्यामितिय अनुपातमाअनपेक्षित दरले बढिरहेको   हाल सम्म विश्वभरि नै सङक्रमित हुनेको सङ्ख्या त्रिचालीस लाख बयालीस हजार तीन सय चौन्न ,मृत्युहुनेको सङ्ख्या दुई लाख बयानब्बे हजार आठ सय त्रीयानब्बे निको भइ घर फर्कनेको सङ्ख्या सोह्र लाख दुई हजार चार सयत्रिचालीस रहेको डब्लुएचओ ले तथ्यांक सार्बजनिक गरिसकेको छ। जसको असर नेपालमा पनि पहिलेको तुलनामा भन्दा अहिलेसङ्क्रमित हुने ब्यक्तिको सङ्ख्या अकल्पनीय रुपमा बढिरहेको छ।चैत महिना बाट देश सतर्कता अपनाउनका निम्ति लकडाउन अर्थात्बन्दाबन्दीको अवस्थामा पुग्यो।जुन बन्दाबन्दी अहिले पनि किस्ता बन्दी दरमा सरकारले बढाइरहेको छ।हिजो आज जब लकडाउनखुकुलो हुँदै बजार अनियंत्रित रुपमा खोलिए,बाहिरी जिल्लाका ब्यक्ति पनि लुकिछिपी विभिन्न नाका तथा जिल्ला गेटहरु पार गरिआवजजावत गर्न थाले तब अहिले परिस्थिति भयावह भइरहेको थप चुनौतीको रुप लिइरहेको छ।जसको नियन्त्रणका लागि सरकारथप चनाखो नभए कोरोनाको इपिसेन्टर अब नेपाल नहोला भन्न सकिन्न जुन प्रष्ट देख्न सकिन्छ।थप सतर्कता नियन्त्रणका लागिसरकारले विभिन्न जिल्लाका नाका ,राजमार्ग हरु तत्काल बन्द गर्नुपर्ने , आवश्यक स्वास्थ्य सामग्री गुणात्मक मात्रात्मक रुपमा उपलब्धगराइ परिक्षणको दायरा बढाउनुका साथै प्रत्येक जिल्लाका नाका नाकामा कडाइका साथ  चेकजाँच गर्नुपर्ने आवश्यक अनि जरुरि छ।

                देश यस्तो विश्व महामारीको  चपेटामा परिरहेको  विषम  परिस्थितिमा देशको सिमा मिचिदा ,अस्मिता लुटिदा अनि भुमीअतिक्रम भइ सडक उद्घाटन भइसक्दा पनि थाहा नै नपाए झैं गरि कानमा तेल राखेर आनन्दको अनुभुति गरिरहने सरकारका बर्तमानचर्चित दुई  मोडेलहरु सरकारका गलत कामलाइ ढाकछोप अनि बचाउ गर्नका निम्ति लिम्पियाधुरा दुई सय बर्ष अगाडि बाटै नेपालकोइतिहासमा नभएको कुरा गरिरहने भुमी व्यवस्थामन्त्री  माननीय अर्याल ज्यु अनि आफ्नो भुमि अरुले अतिक्रमण गरिसक्दा पनि मलाई यसको बारेमा केही थाहा नै छैन भन्न सक्ने माननीय पर्यटनमन्त्री ज्यु तपाइँहरु कतै भारतकै प्रोडक्सन होइन नि ?भनी एउटा असलनागरिकको हैसियतले प्रश्न गर्न मन लाग्यो।अब जनतालाइ झुक्याइन्छ,मुर्गा बनाइन्छ भनेर भ्रमको उजाड मरुभूमिमा झुठ पत्यारनलाग्ने  आश्वासनका खेती गरि लोकप्रिय हुन्छौ भन्ने सपना नदेख्न कहिल्यै नसोच्न  पनि आग्रह गर्दछु।आफ्नो कार्यसम्पादन सफलतापुर्वक निर्वाह नै गर्न सक्नुहुन्न भने किन माननीयको सम्बोधन थापी राता चिल्ला कार चढेर हिड्नुहुन्छ? पदलाइ उपयोग अनि कार्यभार क्षमतालाई  सम्हाल्न नसक्ने भए एउटा मात्र विकल्प राजीनामा दिनुहोस।जय नेपाल जय भुमी। विश्व महामारी कोभिड नाइन्टिनकाविरुद्ध आफू पनि सतर्क रहौ,अरुलाइ पनि सतर्कता गराऔ।सामाजिक दुरि कायम राखौ।

            लेखक @नेविसंघ जनपृय बहुमुखी क्याम्पसका विद्यार्थी हुन।

Comments are closed.