कोरोना महामारीको असर विद्यार्थी बर्गमा;सरकार र विद्यार्थी संगठन अनविज्ञ बन्दै मौनतामा बस्दै

  • सागर अधिकारी;

पोखरा२८

  चिनको वुहान शहरबाट डिसेम्बर ३० २०१९ मा सामुन्द्रीक खानाको कारण एक बृद्द महिलामा देखिएको सामान्य भाइरसका कारणअहिले बिश्वलाई तहसनहस चकित पारिरहेको अवस्थाको सिर्जना भएको !यस्तो भाइरस जस्को उपचार एकान्तवास तातोपन मात्ररहेको  दावी बिश्वभरका चिकित्सकले गरिरहेका छन भने अहिलेसम्म कुनैपनि औषधिको पहिचान नभएको अवस्था !

कोरोना भाइरस अर्थात कोभिड १९(nCov2019) का कारण बिश्वले नै अपनाएको लकडाउन अर्थात बन्दाबन्दीलाई नेपाल सरकारले पनिहर कदमले कडाइका साथ लागू गरिरहेको भने सम्पुर्ण जनताले सरकारलाई पुर्ण रुपमा साथ सहयोग गरिरहेका छन!

बन्दाबन्दिका कारण नेपालका हरेक क्षेत्र प्रभावित हुनुका साथै थुप्रै जनशक्ति बेरोजगारीको चपेटामा परिरहेको अवस्था !!बिशेषगरिशिक्षा क्षेत्र आर्थिक क्षेत्रलाई बढी प्रभाव पारेको महशुस हरेक नेपालीले गर्दै आएका छन! शैक्षिक क्षेत्र अन्तर्गत अन्तिम अवस्थामास्थगित भएको माद्यामिक तहको परिक्षा(SEE) तथा अन्य विभिन्न तहको परिक्षाको स्थगनले थुप्रै विद्यार्थी परिक्षाको तयारीलाईअन्योलताका बिचमा अगाडि बढाइरहेका छन!देशका अधिकांश विद्यार्थी देशका मुख्य शहरहरुमा कोठा भाडामा लिएर आफ्नो उच्चशिक्षालाई अगाडि बढाइरहेको अवगत सायद हरेकलाई होला यस्तो महामारीको बेला सरकारले गरेको बन्दाबन्दीका कारण घरकोआर्थिक अवस्था अत्यन्तै कमजोर आम्दानीका स्रोतहरु घट्दै गइरहेको बेला देशका मुख्य शहरमा चर्को घरभाडा तिरेर बसेका हरेकविद्यार्थीमा ठुलो आर्थिक संकट पैदा भएको !बन्दाबन्दीका कारण सबै क्षेत्र प्रभावित भएका बेला अनलाइन कक्षाका नाममा कतिपयशैक्षिक संस्थाले लुटतन्त्र सुरु गरेको धेरैभन्दा धेरै विद्यार्थी अनलाइन कक्षाको पहुँचबाट टाढा बनेको अवस्थामा अनलाइन कक्षाकोपहुँच औचित्य बेगरनै अधिकांश शैक्षिक संस्थाले गरेको यो प्रविधिको सुरुवात प्रतीपनि थुप्रै विद्यार्थीको चिन्ता प्रकट भएको !बिनायोजना बेगर विश्लेषण चालिएका प्रत्येक कदमले शिक्षा क्षेत्र तथा विद्यार्थी वर्गमा पर्न गएको अन्यौलता परिवारमा पर्न गएकोआर्थिक,मानसिक सामाजिक दवावले आगामी दिनमा कठिन परिस्थितिको सिर्जना हुने विश्लेषण हरकोहीले गरिरहेका छन!

आफ्नो गतिविधिको मात्रै मुल्यांकन गरेर विद्यार्थीको मनोभावनामा पर्न गएको असरको मुल्यांकन नगरी अगाडि बढनाले भविष्यकाकर्णधार माथी पर्न गएको असरको हिसाबकिताब नगर्नुले सरकार नभएको अनुभुत हरेक विद्यार्थी बर्गमा हुनु स्वभाविक हो!

विद्यार्थी बर्गका निम्ति ठूलो बलिदानी दिएर,विद्यार्थीकै हितमा कार्य गर्न राजनीतिमा होमिएका हौं भन्दै चर्को आवाज गर्दै हिड्नेहरु नै मौनरहनु विद्यार्थी राजनितीको एउटा ठूलो बिड्म्बना हो!

यसै शिलशिलामा अर्थतन्त्रको तहसनहस हुँदै गर्दा सरकारले घरभाडामा घर दिने घरबेटिहरुलाई घरभाडा नलिन अनुरोध गर्दा राहतकोअनुभुत गरेका हरेकले अहिले बन्दाबन्दीको अवस्थामा घरबेटीले कोठाभाडा माग्दै गर्दा आफुलाई अन्याय भएको महशुस गरेका छन!अनुरोध मार्फत भन्दापनी नितिगत शैलिमा गाउँबाट मुख्य शहरमा अध्ययन गर्न बसेका हरेक विद्यार्थीको पहिचान गरेर घरभाडामा दिनेहरेक घरबेटीलाई नितिगत निर्णय मार्फत केही सहुलियतका आधारमा दुबै घरमा बस्ने घर मालिक दुबैलाई मर्का नपर्ने गरिबन्दाबन्दीको छुट्टै घरभाडा निर्धारण गर्नु अहिलेको आवश्यकता रहेको विद्यार्थी बर्गको माग !

हरेक गतिविधिमा चुक्दै गल्ती सच्याउदै अगाडी बढिरहेको सरकार विद्यार्थी राजनीतिमा होमिएका विद्यार्थी नेताहरुले विद्यार्थी बर्गमा पर्नगएको यो असहज परिस्थितिको छिटोभन्दा छिटो सहज हल खोज्ने प्रयास गरून् !शुभकामना🙏

           (लेखक अधिकारी पोखरा,सिमलचौरमा अवस्थित जनप्रिय बहुमुखी क्याम्पसमा बिबिए सातौं सेमेस्टर(BBA 7th Sem)माअध्ययनरत विद्यार्थी तथा नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसका मुल इकाइ समितिका सचिव समेत रहेका छन!)

Comments are closed.