पोखरा, १३ असार
तमु धिं युकेले शनिवार पोखरामा धन्यवाद कार्यक्रम सम्पन्न गरेको छ। कोभिड १९ कोरोना भाइरसको महामारीका बेला तमु धिं युकेले कोरोना राहत सहयोग वितरण तथा हस्तान्तरण कार्यक्रमका सहयोगीहरुलाइ पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपाललमा आयोजित कार्यक्रममा सम्मानका साथ झोल भात खुवाएर तमु धिं युकेले धन्यवाद व्यक्त गरेको हो।
कार्यक्रममा तमु धिं युके राहत सहयोग हस्तान्तरण तथा वितरण कार्यक्रमका संयोजक एवम तमु धिं युके नेपाल संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ, तमु धिं युके तथा एनआरएन युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङ, तमु धिं सल्लाहकार लालकाजी गुरुङ लगायतले सहयोगीहरुलाई खादा र सम्मानपत्रले सम्मान गरिएको थियो। राहत सहयोग हस्तान्तरण तथा वितरणका सहयोगी तथा धन्यवाद कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य मिनप्रसाद गुरुङ, गण्डकी प्रदेश सभा सदस्य मिना गण्डकी प्रदेश सभा सदस्य, गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङ र सहयोगी संस्थाहरु तमु धिं नेपाल, तमु साँस्कृतिक प्रतिष्ठान नेपाल, गुरुङ फिल्म एशोसिएसन नेपाल र नेपाल पत्रकार महासंघ कास्कीलाई जेठ ३१ ग्ते राहत सहयोग हस्तातन्तरण तथा वितरणमा सहयोग पुर्याएको भन्दै सम्मानसहित धन्यवाद ज्ञापन गरिएको थियो।
उक्त कार्यक्रममा तमु धिं युकेका तर्फबाट कार्यक्रम संयोजक तथा नेपाल संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ, पुर्व अध्यक्ष मुक्षेत्र गुरुङ, सल्लाहकार चन्द्रबहादुर गुरुङ, सल्लाहकार लालकाजी गुरुङ, कार्यसमिति सदस्य भोजबहादुर गुरुङ लगायतको उपस्थिती रहेको थियो।
कोरोना महामारीको बेला तमु धिं युकेले जेठ ३१ गते १३ लाख ३६ हजार रुपैया पोखरामा विशेष कार्यक्रमहरु आयोजना गरी हस्तान्तरण र राहत वितरण सम्पन्न गरेको थियो। उक्त सहयोग अन्र्तगत गण्डकी प्रदेश सरकारलाई ५ लाख सहयोग मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हस्तान्तरण, कास्कीका ३ सय पत्रकारलाई कोरोना बिमाका लागि नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई १ लाख ८० हजार, तमु कलाकार संघ नेपाललाई केन्द्रीय सदस्य गायिका दुर्गा गुरुङ मार्फत १ लाख मुख्यमन्त्री कार्यालय परिसरमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको थियो भने पोखरा रंगशालामा चुलो निभ्न लागेको २ सय विपन्न परिवारलाई ३ लाख ५० हजार रुपैया बराबरको खाद्यान्न राहत र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(गण्डकी अस्पताल)लाई २ लाख ६ हजार बराबरको ५० वटा पिपिई र ३५० वटा के एन मास्क डिन डा.नरेन्द्र विक्रम गुरुङलाई सहयोग हस्तान्तरण गरिएको थियो।
कास्कीका ३ सय पत्रकार मध्ये २६१जना नेपाल पत्रकार महासंघ कास्कीले महासंघको सदस्यता प्राप्त गरेका पत्रकारहरुलाई कोरोना बिमा गराएको थियो भने महासंघको सदस्यता प्राप्त नभएका क्रियाशील ३९ जना आदिवासी जनजाति पत्रकारलाई तमु धिं युकेको सहयोगमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)कास्कीले कोरोना बिमा गराएको थियो।
Comments are closed.