कोरोना संक्रमणका कारण आज कास्कीमा ७ जना जनाको मृत्यु

कोरोना संक्रमणका कारण आज कास्कीमा ७  जनाको  मृत्यु भएको छ ।कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, त्यस्तै अहिले सक्रिय संक्रमितको संख्या २ हजार ७ रहेको छ ।त्यसैगरि अहिलेसम्म कास्कीमा २९ हजार ६ सय ४७ जनामा संक्रमण पुष्टि भैसकेको छ भने ४ सय ९९ जनाको संक्रमणबाट ज्यान गइसकेको छ ।यससँगै गण्डकी प्रदेशमा ६ सय ५४ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार १६१ पुगेको निर्देशनालयले जनाएको छ ।स्वास्थ्य सुरक्षाको पूर्ण रुपमा पालना गर्न निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।

 

 

 

Comments are closed.