कोरोना संक्रमण बढ्दो, थप १०३ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा १०३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२७ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र १२९८ जनाको एन्टिजेन परीक्षण गर्दा १०३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको मन्त्रालयले जनाएको छ । सोही अवधिमा ५३ जना सङ्क्रमणमुक्त भएका छन् ।

Comments are closed.