‘न्युज भित्ता डट कम’मार्फत भएको अनलाइन मतदानमार्फत यस वर्षका उत्कृष्ट १० सभासद् घोषणा गरिएको छ ।विश्वभरि छरिएर रहेका मानिसद्वारा गरिएको मतदानअनुसार नेपाली काँग्रेसका अर्जुननरसिंह केसी, चन्द्र भण्डारी र गगनकुमार थापा, नेकपा (एमाले)का रवीन्द्र अधिकारी, गोकर्ण विष्ट, केपी शर्मा ओली र विकास लम्साल एकीकृत नेकपा(माओवादी)का डा बाबुराम भट्टराई, राप्रपा नेपालका कमल थापा र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी उत्कृष्टमा छानिएका छन् ।
काँग्रेसका नेता केसीले न्युज भित्ताले नौलो काम गरेको भन्दै सहमतिका आधारमा संविधान बनाउनुपर्ने बताए । एमालेका नेता अधिकारीले संसद् प्रभावकारी हुनका लागि खराब राजनीतिको ठाउँमा असल राजनीति पात्रको खोज भइरहेको बताए । राप्रपा नेपालका अध्यक्ष थापाले संविधानसभाको नियमावली हेरेर सके सहमति नभए जनमतसङ्ग्रहमार्फत भए पनि देशलाई समाधान दिनुपर्ने बताए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले चार पाँच जनाले बालुवाटारमा बसेर निष्कर्ष ननिस्कने बताउँदै संविधान बनाउन प्रक्रियामा जानाको विकल्प नभएकाे बताए । कार्यक्रममा सभासद् थापा, भण्डारी, लम्साल र विष्टले आफूहरुलाई छान्ने मतदातालाई धन्यवाद दिए । उत्कृष्ट १० सभासद् छनोट समितिमा नेपाल प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्की, ‘नागरिक दैनिक’पत्रिकाका प्रधान सम्पादक प्रतीक प्रधान र पत्रकार विनोद भट्टराई रहेका थिए।
Comments are closed.