पोखरा, ८ चैत/ नेवाः खल, कास्कीको आयोजनामा भएको यामाहा मिस नेवाः पोखरा नेपाल संवत ११३५ को उपाधि पोखरा खाल्टेमसिनाकी आशा श्रेष्ठले जितेकी छिन । शनिबार पोखरामा भएको अन्तिम प्रतिष्पर्धामा १६ जलाइ पछि मार्दै श्रेष्ठले मिस नेवा पोखराको ताज पहिरिएकी हुन् ।
मिस नेवाः पोखरा ११३५ की विजेता श्रेष्ठले ४० हजार नगदका साथै बिभिन्न गिफ्ट हयाम्पर प्राप्त गरेकी छिन् । यसैगरी मोहोरियाटोल पोखराकी श्रीया बुद्धाचार्यले बेस्ट ट्यालेण्टको टाइटल अर्वाडसहित फस्ट रनरअप बन्न सफल भएकी छन् । उनले नगद २५ हजार तथा आकर्षक गिफ्ट हयाम्पर प्राप्त गरेकी छिन । नदिपुरकी सुस्मिता प्रधान भ्युवर्स च्वाइसको टाइटल अवार्ड सहित सेकेण्ड रनरअप बन्न सफल भईन । उनले १५ हजार नगदसहित प्रमाणपत्र र आकर्षक उपहारहरु प्राप्त गरेकी छिन । यसैगरी बेष्ट कम्प्लेक्शन पृथ्बीचोकका सगुन श्रेष्ठ, बेष्ट स्माइल भिमसेनटोलका सारा बजिमय, बेष्ट पर्सनालिटी र बेष्ट फोटोजेनिक बगालेटोलका श्रीया श्रेष्ठ बनेकी छिन् । प्रत्यक टाइटल अवार्ड बिजेताले जनही ५ हजार रुपैया, प्रमाणपत्र र उपहार प्राप्त गरेका छन् ।कार्यक्रममा पूर्व महान्याधिवक्ता राघवलाल बैद्य, नेपाल सम्बत ११३२का मिस नेवा पोखरा रस्मिता नकर्मी, मिस नेपाल इन्टरनेशनल सोनी राजभण्डारी, चितवन उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष उत्तमलाल चुके, नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष धनन्जय श्रेष्ठ, त्रिभुवन बिश्वबिद्यालयका प्राध्यापक जनपुकार मुनमकर्मी र नेवा खल कास्कीका पूर्व अध्यक्ष प्रकाशमान पालिखे निर्णायकका रुपमा रहेका थिए ।
कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले यो सौन्दर्य प्रतियोगिता मात्रै नभएर नेवारी सभ्यता र संस्कारलाई युवा पुस्तामा पुर्याएर उनीहरुलाई भाषा संस्कार र संस्कृति हस्तान्तरण गर्ने अभियान पनि भएको बताए । संस्कृतिबिद तीर्थ श्रेष्ठले नेवार एक जाती मात्रै होइन सभ्यता पनि भएको बताउँदै नेपालको परिचयसंग यसको भाषिक, मौलिक संस्कृति र बास्तुकलाले बिशेष महत्व बोकेकेमा जोड दिए । कार्यक्रममा मिस नेवा पोखराका संयोजक बिक्रम उदास, पुर्व मिस नेवा ११३४ रुची श्रेष्ठ, निर्णायक मण्डलका संयोजक निरन्जन श्रेष्ठ, प्रचार प्रसार संयोजक सन्जय मल्ल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सुस्मिता श्रेष्ठ र सुप्रिमा श्रेष्ठले गरेका थिए ।
अन्तिम प्रतिस्पर्धामा पोखरा तेर्सापट्टीका कृपा कतिला, पुष्पा श्रेष्ठ, मालेपाटन, मन्जु ताम्राकार नदिपुर, श्रीया श्रेष्ठ बगालेटोल, रिक्का मर्सानी न्युरोड, सुस्मिता प्रधान नदिपुर, स्वस्तिका श्रेष्ठ नदिपुर, कञ्चन श्रेष्ठ तनहुँ दुलेगौंडा, निलिमा श्रेष्ठ लामाचौर, आशा श्रेष्ठ खाल्टेमसिना, सारा बजिमय भिमसेनटोल, सगुन जोशी पृथ्बीचोक, श्रीया बुद्धाचार्य मोहोरिया टोल, सुलोचना शाक्य अर्चलबोट, नविना श्रेष्ठ लेखनाथ गगनगौडा, बिभुषा नकर्मी औद्योगिक क्षेत्र, र प्रिंयका जोजिजु फुलबारी रहेका थिए।
कार्यक्रमको कोरियोग्राफी निशा प्रजापति तथा सजनी मानन्धरले गरेका थिए । मिस नेवाका प्रतिस्पर्धीहरुको फोटोसुट सुरज श्रेष्ठले गरेका हुन । नेपाल संवत ११३१ देखि शुरु गरिएको मिस नेवा पोखराको चौथो संस्करणसम्म ७२ जनाले भाग लिएको र ११३१ मा निकिता श्रेष्ठ, ११३२ मा रचिता नकर्मी, ११३३ मा सुमना बज्राचार्य र ११३४ मा रुचि श्रेष्ठले मिस नेवा पोखराको ताज पहिरन सफल भएकी थिइन् । मिस नेवा शुरु गरेदेखि नेवार युवतीहरुले मौलिक बाजा बासुरी, धिमे बाजा बजाउन प्रशिक्षण, भाषा तालिम, क्वाँटी खाने मेला कै रुपमा आयोजना गरी नेवारी सँस्कृतिमा योगदान पुर्याउदै आएको प्रचारप्रसार संयोजक सञ्जय मल्लले जानकारी दिए ।
Comments are closed.