को हुन जमुना शर्मा ? के हो विगतकाे विवरण र भावी योजना..

.

पोखरा

उपचुनाव नजिकिदैँ जाँदा उम्मेद्वारहरु घरघर पुग्न थालेका छन् । उनीहरुले आफ्ना प्रतिबद्धता मतदाताहरुसमक्ष राखेका छन् । तर उम्मेद्वारहरुबारे मतदातालाई खासै सचेतना भएकाे पाईदैन् । उम्मेद्वारको विगत, क्षमता र कमजोरीबारे मतदाता सुचित हुन जरुरी मानिन्छ लोकतन्त्रमा । यसका लागि मतदाता र उम्मेदवार दुवै सचेत र उत्तरदायी हुनुपर्छ । कास्की २ मा प्रतिनीधि सभा उम्मेद्वार रहेकी विवेकशील नेपाली दलकी नेतृ जमुना शर्माले आफ्नो विगत, क्षमता र कमजोरीहरु मिडिया मार्फत मतदाताहरुसमक्ष पेश गरेकी छिन् ।

‘मलाई प्रशासन संयन्त्र सम्हालेको अनुभव छैन तर संघीय सांसदकाे पद प्रशासनिक नभइ व्यवस्थापकीय पद हो र यो विधायिकी जिम्मेवारी पुरा गर्न मसँग अनुभव र उर्जा छ । ‘गुलाफकाे फूल’ चिन्हमा मत दिएर मलाई जिताउनुभयो भने म संघीय सांसदको भूमिकामा कास्की २ को कुशल प्रतिनिधित्व गर्न सक्षम छु ।’- जमुनाले भनिन् । उनले आफ्नो सक्षमता आफ्ना कुराले नभइ विगतको विवरण र व्यक्तित्वले पुष्टि गर्ने बताईन् । प्रस्तुत उनले सार्वजनिक गरेको विवरणमा आधारित समाग्रीः

शिक्षामा अब्बलः दुइ विषयमा मास्टर्स डिग्री कानूनको पनि अध्ययन

२०४४ साल मंसिर १० गते जन्मिनुभएकी जमुना शर्माले त्रिभुवन विश्वविद्यालयबट समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर उत्तिर्ण गर्नुका साथै पोखराकै पीएन क्याम्पसबाट राजनीनिशास्त्रमा स्नातकोत्तर गरेकि छिन् । जमुना कानूनमा पनि स्नातक(एलएलबी) गर्दैछिन् । प्रारम्भिक शिक्षा बाँकेको कोहलपुरमा पाएकी जमुना सधैँ पढाईमा अब्बल थिइन् । ‘सधैँ पढाईमा मैले राम्रै गरे तर देश र समाजको अवस्था कहिल्यै सन्तोषजनक भएन र मन खिन्न हुन्थ्यो ।’, जमुनाले भनिन, ‘मैले उत्कृष्ट भएरमात्र र म एक्लैले योगदान गरेर मात्र भन्दा राम्रा मान्छेहरुसित संगठित भएर समस्याहरुसँग लड्न सकिन्छ भनेर म विवेकशील नेपाली दलमा आवद्ध भएर कास्की-२ मा उम्मेद्वारी दिएकी हुँ ।’ आफ्नो शिक्षा र विशेषज्ञ विषयहरुले सांसदको रुपमा पनि आफूलाई काम गर्न कानून. समाज र राजनीति बुझेकाले सजिलो हुने उनको भनाई छ ।

पोखरामा सकृयताः महिला र युवाकी साथी जमुना

जमुना पेशाले मनोवैज्ञानिक सहजकर्ता हुन । रुचीले उनी नेतृत्व क्षमता, कार्यक्रम सुपरिवेक्षण, लेखन, अध्ययनमा व्यस्त हुन्छिन आफ्नै पोखरामा । पोखरामा मनोवैज्ञानिक सहजकर्ताहरुको सँस्था ’मनोवैज्ञानिक सहजकर्ता मञ्च’को नेतृत्व गर्दैछिन् । उनी सन् २०१२ बाटै यसमार्फत पोखरामा महिला,  बालबालिका तथा युवाहरुलाई मनोवैज्ञानिक सल्लाह र सेवा दिदेँ आएकी छिन् । एडभोकेशी फोरम नेपालबाट ४ देखि १८ वर्षसम्मका बालिकाहरु र घरेलु हिंशा तथा यौन हिंशा पिडित महिलाहरुलाई सहयोग तथा पुनर्स्थापना गर्दै आएकी जमुना पोखराको महिलाहरुको नयाँ पुस्तामा लोकपृय छिन् ।

महिला मानव अधिकार रक्षक सञ्जालमा सकृय जमुना सुवेदीले सयौँ द्वन्दपिडित महिला तथा युवतीहरुलाई आवश्यक सहयोग र सल्लाह दिदैँआएकी छिन । ‘पोखरामा महिला र खासगरी द्वन्द्वपिडित एवं हिंशापिडित महिलाहरुको पिडाले आफूलाई राजनीतिबाटै उनीहरुको वृहत्तर हितका लागि काम गर्न उत्सुकता जागेको‘ जमुनाको भनाई छ ।

द्वन्द्वपिडित समाज कास्कीकी सचिव, सारंगकोट कास्कीमा बाल सुधार गृहमा काउन्सिलर,  युथ एक्सन नेपालमा कार्यक्रम सहायक, एडभोकेशी फोरम नेपालमा वरिष्ठ मनोवैज्ञानिक सहजकर्ताको रुपमा भुकम्पको बेला गण्डकी प्रदेका विभिन्न जिल्लामा सेवा गरेको अनुभव  जमुनासँग छ ।

‘काठमाण्डौँ उपत्यकाका नीजि कलेजहरुमा महिला विद्यार्थीले भोग्ने यौन हिंसा’ बारे तिन महिना अध्ययन गर्दा आफूले समाजमा महिलाहरुको स्तिथी अझै सहरहरुमा समेत उस्तै रहेको थाहा पाएको जमुनाको अनुभव छ । कसैको आडमा, परनिर्भर भएर महिला र नयाँ पुस्ताको महिला शक्ति नेतृत्वमा आउनै नसक्ने हुनाले आफै दृढ भएर उनीले शक्ति त्यहाँबाट पाएको जमुनाको स्वीकारोक्ति छ ।

रेडियो भेरि आवाज सामुदायिक एफएममा कार्यक्रम उत्पादक तथा प्रस्तोताको रुपमा बाल अधिकार, राज्य संयन्त्रमा बालसहभागिताबारे अनुभव बटुलेपछि मनोवैज्ञानिक सहजकर्ताको तालिम र यसबारे ज्ञान बटुल्नतिर लागेको र यसमा दुखी असाहाय मानिसहरुलाई सेवा गर्न पाउँला साँच्चै अलौकिक सन्तुष्टि पाउने गरेको जमुनाको भनाई छ ।

‘मैले पोखरामा व्यक्तिको मनोवैज्ञानिक सल्लाह र सेवा दिँदादिँदै समाजको मनोविज्ञान पनि बुझ्ने मौका पाए’ जमुनाको भनाई छ । अब त्यही अनुभव र सिकाहरुमार्फत अझवृहत्तर क्षेत्रमा सेवा गर्न प्रतिनीधि सभा सदस्यका लागि उम्मेद्वारी दिएकी र पोखरेली नागरिकले यसपाली ‘गुलाफको फूल’मै भोट हालेर अचम्मको परिणाम देशसामु पस्किने उनको विश्वास छ ।

Comments are closed.