क्यानडाविरुद्ध नेपाल १ सय १५ रनको लक्ष्य पछ्याउँदै

माघ ६ गते-

आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले जितका लागि क्यानडाबाट १ सय १५ रनको लक्ष्य पाएको छ ।

क्यानडालाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसी एक्लैले ५ विकेट लिए । १० ओभर बलिङ गरेका केसीले मात्र २६ रन दिए । केसीले चौथो ओभरको चौथो र पाँचौ बलमा लगातार २ विकेट लिएपछि क्यानडा सुरुदेखि नै दवावमा परेको थियो । यही प्रतियोगिताबाटै राष्ट्रिय टिममा डेब्यु गरेका करनले युगाण्डा र नेदरल्याण्डसबिरुद्ध भने विकेट लिन सकेका थिएनन् ।

यस्तै सोमपाल कामीले १० ओभरमा २८ रन दिँदै २ विकेट लिए । कप्तान पारस खड्काले १० ओभरमा १७ रन दिएर १ विकेट लिए ने शक्ति गौचनले ५ दशमलव २ ओभरमा ५ रन दिएर १ विकेट हात पारे । यस्तै सागर पुनले १ विकेट लिए ।

Comments are closed.