क्यान्सर पीडित कार्कीलाई सहयोग

बिकास मञ्च पर्वत भँगरा, कार्की कुलमन्दिर र भँगरा सम्पर्क समिति दक्षिण कोरियाको सहयोग

?

पोखरा हटलाईन
चितवन
पर्वत जिल्ला फलेवास नगरपालिका वडा नं.९(साविक भगँरा गाविस वडा नं.७) बासस्वाँरा(कार्कीथर)घर भई चितवन भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शल्यक्रिया पश्चात उपचारकै क्रममा रहनु भएका क्यान्सर पीडित नरबहादुर कार्कीलाई शनिवार सहयोग हस्तान्तरण गरिएको छ।
भँगराबासीलाई साथ, सहयोग, सुचना आदान प्रदान, सेवा र भँगराको विकासमा सामाजिक सञ्जाल मार्फत सघाउन सकिन्छ कि भनि केही समय अघिदेखि सेवारत विकास मञ्च पर्वत भँगरा, मञ्चकै अनुरोधमा कार्की कुलमन्दिर सयमुरे पर्वत र बैदेशिक रोजगारीको क्रममा दक्षिण कोरियामा रहदा आफ्नो भँगराको सुख दुःख एवम विकासमा टेवा पुर्याउन गठित भँगरा सम्पर्क समिति दक्षिण कोरियाले क्यान्सर पिडित कार्कीलाई शिघ्र स्वास्थ्यलाभको कामनासहित लागि सहयोग हस्तान्तरण गरेको हो।
क्यान्सर पीडित कार्कीको उपचारमा सघाउन अभियान संचालन गर्नुभएका विकास मञ्च पर्वत भँगराका सञ्चालक सामाजिक अभियन्ता नबिन क्षेत्री,  अभियानकी अर्थ संयोजक अनिता कार्की, कार्की कुलमन्दिर सयमुरे पर्वतका प्रतिनीधि युवा व्यवसायी एवम समाजसेवी रुद्र कार्की र भँगरा सम्पर्क समिति दक्षिण कोरियाका संरक्षक हुमबहादुर गुरुङले पोखराबाट उपचाररत कार्कीसँग भेटघाट, उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुदै सहयोग रकम हस्तान्तरण गर्नुभएको हो।
कार्कीको उपचारमा सघाउन अभियान संचालन गर्नुभएका विकास मञ्च पर्वत भँगराका सञ्चालक एवम पर्वत भँगरा पोखरा सम्पर्क समाजका उपाध्यक्ष समेत रहनुभएका सामाजिक अभियन्ता नविन क्षेत्रीले हालसम्म सहयोगदाताहरुले ७ लाख भन्दा बढी आर्थिक सहयोगको घोषणा गरिसक्नुभएको जानकारी गराउनुहुदै उपचारका लागि बैंक खातामा करिब २ लाख जम्मा गरिसकेको र अर्को २ लाखको चेक प्रथम चरणमा शनिवार स्वास्थ्यलाभ गरिरहनुभएका नरबहादुर कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो भने कार्की कुलमन्दिर सयमुरे पर्वतका प्रतिनीधि एवम पर्वत भँगरा पोखरा सम्पर्क समाजका कार्यसमिति सदस्य युवा व्यवसायी एवम समाजसेवी रुद्र कार्कीले कार्की कुलमन्दिर सयमुरे पर्वतका दाजुभाई दिदिबहिनीहरुबाट उपचाररत कार्कीका लागि विकास मञ्च पर्वत भँगराको मानवीय अभियान मार्फत नै बैंक खातामा १ लाख ७ हजा बढी सहयोग जम्मा गरेको बताउनुभयो।
यसरी नै यस अघि भँगरा स्वास्थ्यचौकीमा स्वास्थ्य सामग्री सहयोग, भगराकै रामबहादुर पौडेलको उपचार लागि सहयोग गरेको भँगरा सम्पर्क समिति दक्षिण कोरियाले संकलन गरेको ७४ हजार रुपैया सम्पर्क समिति दक्षिण कोरियाका संरक्षक, पर्वत भँगरा पोखरा सम्पर्क समाजका सल्लाहकार हुमबहादुर गुरुङले उपचाररत कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो। दक्षिण  कोरियामा रहनुभएका भँगारेहरुलाई एकतावद्ध गराउदै दुखसुख, समस्यामा सहभागी हुने, जन्म गाँउको विकासका लागि भँगरा सम्पर्क समिति दक्षिण कोरिया क्रियाशील रहेको अध्यक्ष सन्तोष कुमार गुरुङले जानकारी दिनुहुदै अभियानहरुमा आफुहरुको साथ रहने बताउनुभयो।
उक्त सहयोग हस्तान्तरणका क्रममा पीडित कार्कीका दाजु रनबहादुर कार्की, पुर्व प्रधानाध्यापक, समाजसेवी धनबहादुर केसी, समाजसेवी विष्णुबहादुर कार्की, व्यवसायी एवम समाजसेवी बीरबहादुर गुरुङ, खुमबहादुर कार्की लगायत कार्की दाजुभाई दिदिबहिनीहरु र आफन्तजनको समेत उपस्थिती रहेको थियो।
आर्थिक अवस्था कमजोर, गाउले किसान, माना रोपेर मुरी उब्जाउने खेतीपाती लगाउने वर्षाको समय, कोभिड १९ कोरोना भाईरसको संक्रमणको बेला केही स्वास्थ्य समस्या भए पनि गाँउघरमै औषधि खादै खेतबारीमै दैनिकी बिताउदै गर्दा गालामा आएको गिट्खा बढ्दै गए पश्चात नरबहादुर कार्की उपचारका लागि पोखरा आउनुभयो।स्वास्थ्य परिक्षण पश्चात चिकित्सकले चितवन भरतपुरस्थित विपी कोइराला मेमोरियल अस्पतालमा उपचारका लागि सिफारिस गरिदिनुभयो। डाक्टरको रेफर पश्चात बिरामी नरबहादुर कार्कीलाई ठुलै चिन्ताले सतायो। क्यान्सर भएको भनिए पश्चात रोग बारे कसैलाई जानकारी दिने नदिने दोधारमा पर्नुभयो, नरबहादुर। रोगको जानकारी दिऊ भने हेर्ने दृष्टिकोण नै नराम्रो हुने श्रीमान श्रीमतीको सल्लाह  गरेर खाने औषधि मात्रै लिएर गाँउ नै फर्कने निधोमा पुग्नुभएका कार्कीलाई आर्थिक कमजोर अवस्थाको पिडाले साह्रै दुखाएको थियो।क्यान्सर भएको, उपचारका लागि भरतपुर जानुपर्ने, उपचार लामो हुने, खर्च निकै हुने तर आर्थिक अवस्था कमजोर वास्तविकता अनिता कार्की, नविन क्षेत्रीले पारिवारिक, आफन्तजनसँग सल्लाह छलफल गरेर नै बिकास मञ्च पर्वत भँगराले सहयोग संकलनको विगतको अनुभवबाट प्रयोग गर्यो।
उपचारका लागि गाउले गरिब किसानको ठुलो सम्पत्ति दुहुना भैसी बेचेरै खर्चको शुरुवाती जोहो भयो।आफन्त, कार्की दाजुभाईको सहयोगले, शुभेच्छुकहरुको कामनाले शल्यक्रिया पनि सफल भएको छ। बिकास मञ्च पर्वत भगरा, पर्वत भँगरा पोखरा सम्पर्क समाज, भँगरा सम्पर्क समिति दक्षिणकोरिया, कार्की भाइखल, आफन्तजन, देश विदेशमा रहनुभएका सहयोगीहरुको सहयोग र आर्शिवादले शिघ्र स्वास्थ्यलाभ हुने अपेक्षा गर्नुहुदै पीडितका दाई रनबहादुर कार्कीले सम्पुर्ण सहयोगीलाई धन्यवाद व्यक्त गर्नुभयो।
उपचाररत कार्कीको पुर्ण र शिघ्र स्वास्थ्य लाभको लागि विकास मञ्च मर्वत भँगरा लगायतका संघसंस्थाहरु जुटिरहने अभियन्ता नविन क्षेत्रीले बताउनुहुदै गरिब किसानले पनि स्वास्थ्य सेवा पाउने र बाँच्न पाउने नागरिकका अधिकारका राज्य संवेदनशील रहनुपर्ने उहाँले आग्रह गर्नुभयो। समस्या परेको बखत गाँउलेहरुको एकतावद्धता एव सहयोगी भावना र समाजसेवीहरुको मानवीय संवेदनाले कार्कीको उपचारमा सहयोगको कमि नहुने विश्वास अभियन्ता क्षेत्रीको छ।

Comments are closed.