नेपाली लायन्सलार्इ – ‘ देशकाे याे अवस्थामा करोडौंकाे अमेरिकी चिठ्ठा’

madhav sharma copy

अन्तर्राष्ट्रिय लायन्स क्लबको ९८ औं कन्भेन्सन यस पटक अमेरिकाको हवाई राज्यको रमणीय सहर होनोलुलुमा २६ जुनदेखि ३० जुनसम्म सम्पन्न हुँदैछ । त्यहाँ विश्व भरिबाट झण्डै बीसहजार लायन्सहरुको सहभागिता रहनेछ । त्यस २० हजार सहभागिता मध्ये झण्डै ५ प्रतिशत भन्दा अधिकको संख्या अर्थात १ जार भन्दा बढी नेपाली लायन्सहरु मात्र त्यहाँ सहभागि हुनेछन् ।
अहिलेसम्म सुन्नमा आए अनुसार पोखराबाट २७५ जना सहित नेपालबाट एकहजार भन्दा बढी नेपालीहरुले लायन्स कन्भेन्सन् ९८ मा अमेरिका जाने भनेर भिषा प्राप्त गर्न सफल भएका छन् । अमेरिकी भिषा पाउनलाई धेरैले एउटा उत्सव, चाड, अवसर र भाग्यवृद्धिको रुपमा लिएर शुभ कामना आदन प्रदान गरिएको फेसबुक लगायतको सामाजिक सञ्जालहरुमा गरिएको अभिव्यक्तिबाट पनि बुझ्न सकिन्छ । जान्न सकिन्छ । मानसिकता अध्ययन गर्न सकिन्छ ।  देश भूकम्पले भताभुङ्गछ । अहिलेसम्म भूकम्पमा परेर हराएकाहरुको पत्तो नभएर तिनका परिवार इन्तु न चिन्तुको अवस्थामा छन् । अति भूकम्प पीडित क्षेत्रका सर्वसाधारण चुहिने त्रिपाल र अस्थायी घर टहराहरुमा जीवन निर्वाह गर्दैछन् । प्रत्येक दिनको २-३ पटक आउने ४ र ५ रेक्टरकै भूइचालोले पनि तिनको सातो लिइरहेको छ । तिनले अझै सम्हालिन पाएका छैनन् । विद्यालय पढ्न गएका बालबालिकाहरु मनोवैज्ञानिक उपचार भन्दा बढी अझै अध्ययन अध्यापन सुरु गर्न सकेका छैनन् ।


उनीहरुलाई लाग्दो हो । हामीले राहत बाडी सक्यौं । सेल्फि खिचि सक्यौं । पत्रपत्रिकामा समाचार कभर भै सके । अब हामी अमेरिका यात्रामा गएर के असर पर्दछ ?


अधिकाशंसँग खाने कुरा छैन । तिनै अमेरिका यात्रामा जान लागेका लायन्स जस्तो सेवा गर्ने भनिएका सेल्फीहरुले बाँडेको एक दुई पोका चाउचाउ, केही चिउरा पनि सकिएको छ । अब के खाने ति रुमलिएका छन् । खेतबारीको उपजाउ भित्रिने बेला भएको छैन । घरसँगै पुरिएको कुहिएर सखाप भएको छ ।  देशको यस्तो अवस्थामा ‘हामी सेवा गर्छौं’ भन्ने लोगो भित्ता भित्तामा टाँसेर प्रचार गर्ने लायन्स सदस्यहरुलाई ९८ औं कन्भेन्सनमा जानै पर्ने अवस्था के थियो ? उनिहरुले यसको सटिक जवाफ दिन सक्छन् र भन्नेछन् यसपटक नेपालीले लायन्सले सबै भन्दा ठूलो ताज पाउने चान्स छ । त्यसैले भोटिड्डमा सहभागिता आवश्यक छ । अमेरिका नपुगे भोटिड्डमा भाग लिन पाइन्न, आदी इत्यादी अनेकाधी कुराहरु राम्रो र मिठो भाषणमा पक्कै भनिने छ । तर एउटा अहं प्रश्न के त्यो ताज अहिले भूकम्पबाट राष्ट्रले भोग्नु परेको विपदको तुलनामा धेरै महत्वको हुन्छ ?
उनीहरुलाई लाग्दो हो । हामीले राहत बाडी सक्यौं । सेल्फि खिचि सक्यौं । पत्रपत्रिकामा समाचार कभर भै सके । अब हामी अमेरिका यात्रामा गएर के असर पर्दछ ? हो, व्यक्तिगत रुपमा हेर्दा कुनै व्यक्ति वा व्यक्ति विशेष अमेरिका भ्रमणमा गएर केही असर पर्दैन । किनकी पैसा आफ्नो हो । पैसा खर्च गर्ने अधिकार आफ्नै हो । आफ्नो सम्पत्ति आफ्नो इच्छा अनुसार खर्चने, डुल्ने, घुम्ने, कुनै सभा सेमिनारमा भाग लिने स्वतन्त्रता १ व्यक्तिको नितान्त मौलिक स्वतन्त्रता हो । यसमा विवाद गर्नु मनासिव छैन । तर अहिले मुलुक दुई चार सयपोका चाउचाउ र २-४ हजार बोतल पानीका कार्टुनका लागि आफ्नो एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई विदेशी सैनिकहरुको हैकम सहेर गुज्रीएको अवस्थामा छ ।


अमेरिका पुगेका र पुग्न आँटेका नेपाली लायन्स सदस्यहरुलाई तर खानेपानीका लागि मात्र पनि २-३ घण्टा धाएर जीवन निर्वाह गरिरहेका धेरै काकाकुलहरुका लागि त्यस १ अर्ब रुपैयाँले ‘हामी सेवा गर्छौं’ भन्ने भावना साथ काम गरेको भए लायन्स अन्तर्राष्ट्रियको ठूला ताज पाउने आशा लिएका ति नेपाली ठूला लायन्सले सायद मानवताका लागि प्रदान गर्ने अन्तर्राष्ट्रिय ठूलै सम्मान पनि पाउने अवस्था हुन सक्दथ्यो की !


प्रधानमन्त्री दैवी विपत्ती कोषको रकम संकलन गर्न ४-५ लाख रुपैयाँको सहयोगको चेक स्वयं बुढा प्रधानमन्त्री सकि नसकि समय निकालेर दाताहरुसँग रुन्चे हाँसो हाँसेर फोटो खिचाउन व्यस्त हुनु परेको छ । हस्तान्तरण कार्यक्रम नगरौं । फोटो नखिचाउँ भने त्यै ४-५ लाख रुपैयाँ पनि प्रधानमन्त्री राहत कोषमा जम्मा हुने छाँट छैन ।बैंकमा लगेर चुपचाप सहयोग रकम दिएर बैंक रसिद खल्तीमा हालेर बस्ने रुची अन्य नागरिकमा त परै जाओस् स्वयं राज्य सञ्चालित बैंक वित्तीय संस्था टेलि कम्युनिकेशन र विजुलीका हाकिमहरुमा समेत छैन । तिनलाई राहत प्रदान गर्नु भन्दा पनि प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरेको फोटो र समाचार बढी महत्वको छ । यस्तो अवस्थामा एउटा अनुमान गरौं झण्डै एकहजार भन्दा बढी नेपाली लायन्सले अमेरिका भ्रमण गर्दा हवाइ टिकट, आवास, खाना, घुमघाम, सपिड्ड गर्दा सरदर ८-९ लाख रुपैयाँ न्यूनतम खर्च गर्दा पनि नेपालबाट झण्डै १ अर्ब रुपैयाँ विदेश गयो । हिसाब गर्नुस म हिसाबमा अलि कमजोर पनि छु । १ अर्ब रुपैयाँ यस अवस्थामा मुलुकबाट बाहिर जानु र देशले भने दाता सम्मेलन बोलाएर भीखको कचौरा थाप्नुले के सन्देश दिन्छ ? दाता मुलुकले नेपाल के कस्तो विपद भएको मुलुक रहेछ भन्ने र चिन्ने । जुन मुलुकले १ अर्ब रुपैयाँ त एउटा लायन्सको कन्भेन्सनमा खर्च गर्न सक्छ त्यस मुलुकले अन्तर्राष्ट्रिय वित्त संस्थाहरुलाई ऋण मिन्हा गर । 


५ हजार नेपाली जनले अमेरिका भिषा आवेदनका लागि मात्र पनि ८ करोड भन्दा बढी रकम अमेरिकी भिषा अफिसमा बुझाएका छन् । त्यो ८ करोड रुपैयाँले अहिले कै हिसाबले गाउँ घरमा एउटा स्थायी घर निर्माण गर्न २ लाख कै हिसाबले एउटा घर निर्माण गर्न सकिएको भए पनि ४०० घर वा स्कुलका टहरा निर्माण हुन सक्थे ।


ऋण पनि तिर्न सकिदैन । व्याज पनि तिर्न सकिदैन भनेर याचिका गर्न कसरी सुहाउँछ । यो याचिकालाई तिनीहरुले कसरी लेलान कुरा सानो हुन सक्छ अमेरिका पुगेका र पुग्न आँटेका नेपाली लायन्स सदस्यहरुलाई तर खानेपानीका लागि मात्र पनि २-३ घण्टा धाएर जीवन निर्वाह गरिरहेका धेरै काकाकुलहरुका लागि त्यस १ अर्ब रुपैयाँले ‘हामी सेवा गर्छौं’ भन्ने भावना साथ काम गरेको भए लायन्स अन्तर्राष्ट्रियको ठूला ताज पाउने आशा लिएका ति नेपाली ठूला लायन्सले सायद मानवताका लागि प्रदान गर्ने अन्तर्राष्ट्रिय ठूलै सम्मान पनि पाउने अवस्था हुन सक्दथ्यो की !
एउटा अर्को अनुमान गरौं एक हजार भन्दा बढीले अमेरिकाको भिषा पाउँदा त्यसरी भिषा नपाउने पक्कै पनि पाँच गुणा बढी होलान् । यसरी पैसाकै हिसाब किताब गर्दा ५ हजार नेपाली जनले अमेरिका भिषा आवेदनका लागि मात्र पनि ८ करोड भन्दा बढी रकम अमेरिकी भिषा अफिसमा बुझाएका छन् । त्यो ८ करोड रुपैयाँले अहिले कै हिसाबले गाउँ घरमा एउटा स्थायी घर निर्माण गर्न २ लाख कै हिसाबले एउटा घर निर्माण गर्न सकिएको भए पनि ४०० घर वा स्कुलका टहरा निर्माण हुन सक्थे । अझ १ अर्ब रुपैयाँकै कुरा गर्ने हो भने त ५ हजार घरका झण्डै २÷३ वटा वस्ति विकास गरि गाउँनै बनाउन सकिने रहेछ । तर के गर्ने ? उहाँहरुको आफ्नो पैसा । आफ्नो अधिकार । आफ्नो चाहना । आफ्नो सेवा भाव । आफ्नै सपनाको देश एकपटक टेक्ने रहर । कत्तिको त त्यहि टेकिरहने रहर यस्तै हो ।

Comments are closed.