४ वैशाख, काठमाडौं । क्युबा कम्युनिस्ट पार्टीका नेता राउल क्यास्ट्रोले पार्टी महासचिव पदबाट राजीनामा दिने घोषणा गरेका छन् । यससँगै क्युबामा क्यास्ट्रो परिवारको ६० वर्ष लामो शासन सकिएको छ ।
शुक्रबारबाट सुरु पार्टीको चारदिने सम्मेलनपछि पद त्याग्ने राहुल क्यास्ट्रोले बताएका छन् । सम्मेलनलाई सम्बोधनको क्रममा ८९ वर्षीय राहुल क्यास्ट्रोले आफूले युवालाई नेतृत्व सुम्पिन लागेको बताएका छन् । ‘मैले पूरै लगन र साम्राज्यवादी भावना विपरीत युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दैछु,’ उनले भनेका छन् ।
सन् १९५९ को क्रान्तिपछि क्युबामा क्यास्ट्रो शासन सुरु भएको थियो । क्युबाली क्रान्तिका नायक फिडेल क्यास्ट्रो विरामी भएपछि उनका भाइ राउलले सन् २००६ बाट कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका थिए । त्यसको करिब तीन वर्षपछि उनी राष्ट्रपति बनेका थिए । फिडेलको सन् २०१६ मा निधन भएको थियो ।
राहुलले भावी राष्ट्रपति को हुने भनेर खुलाएका छैनन् । यद्यपि क्यास्ट्रोका विश्वासपात्र मिगल डयाजकनेललाई अघि सार्ने संकेत देखिएको समाचार एजेन्सी एपीले जनाएको छ । पार्टी महासचिवको जिम्मेवारी पनि उनैलाई दिने सम्भावना छ ।
क्युबन समाचार एजेन्सीले सार्वजनिक गरेको पार्टी बैठकमा राहुल क्यास्ट्रोको छेउमा मिगल डयाजकनेल देखिन्छन् ।अनलाइनखबरबाट
Comments are closed.