क्रेजी ब्रदर्सको“आमालाई चिठी” सार्वजनिक

पोखरा,

कोरोना कहरकै बिचमा भारतले नेपालको सिमामा बाटो बनाएर सिमा मिचेको छ भने चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको थियो । कालापानी,लिपुलेक, लिम्पियाधुरा नेपालको भूमी भन्दै नयाँ नक्सा सार्वजनिक गरिएको छ । तरपनि भारत र नेपालको सिमा विवादको विषय तडकारो रुपमा बल्झिएकै बेलामा क्रेजी ब्रदर्स ब्याण्डले “आमालाई चिठी” सार्वजनिक गरेको छ । जसले समाजलाई सिम्बोलिक रुपमा राष्ट्र रुपमा झल्काएको छ ।
बिनोद रसाईलीको लेखन,संगित र गायन रहेको उक्त गितमा जति नसम्झु भन्दा नि तिम्रै याद आउछ भन्दै आएको छ भन्दै हाम्रो खुकुरीमा खिया लागेको हो की भनेर बिनोद रसाईलीले चिन्ता व्यक्त गर्नु भएको छ ।
गीतको म्युजिक भिडियोमा कलाकार टिकाराम पौडेलले कसरी हाम्रो नेपाललाई भारत र चिनले थिचेको छ देखाउनु भएको छ । साथमा बाल कलाकार उज्वल खातीको पनि अभिनय रहेको छ ।
गीतको म्युजिक भिडियो अनुप अधिकारीले निर्देशन गर्नु भएको हो । म्युजिक भिडियोमा कला सयोंजन भक्तराज रसाईलिले गर्नु भएको थियो ।
कोरोना भाइरसका कारण नेपाल पनि लकडाउनमा नै छ । नेपालमा पछिल्लो समय संक्रमण बढी रहेको छ । मानिस त्रसित छन् । कोरोना महामारी कहिले सम्म रहने हो टुङ्गो नभएको बेलामा छिमेकी राष्ट्रले थिचोमिचो गर्दा सहन नसकेर यो गितको उत्पत्ती भएको बताउनु भयो ।
क्रेजी ब्रदर्स ब्याण्डले नेपाली लोक भाका र विषयवस्तुलाई प्राथमिकता दिँदै आएको छ । ब्याण्डमा बिनोद रसाईली, बिबस खाती, अनुप अधिकारी, टी. आर. पौडेल र अनिल परियार संलग्न हुनुहुन्छ । ब्याण्डलाई बिनोद रसाईलीले लिड गर्नुहुन्छ । उँहा भोकलिष्ट, रचनाकार र कम्पोजर हुनुहुन्छ ।

Comments are closed.