अमेरिकामा राजु भण्डारी ः छोटो समयमा नै छलाङ्ग मार्ने पोखरेली

–दीपेन्द्र श्रेष्ठ
अमेरिकी सरकार, डिपार्टमेन्ट अफ स्टेटको निम्तो र अमेरिकी दुतावास, काठमाडौंको मनोनयनमा अमेरिका जाने भएपछि त्यहाँ रहेका नेपालीहरुसँग भेट्ने सूची मेरो साह्रै छोटो थियो । पर्याप्त गृहकार्य गर्ने समयाभावका कारण, म एकदमै हतारमा थिएँ । त्यो छोटो सूचीको अग्रपंक्तीमा थिए, प्रीय दाई राजु भण्डारी । जो विगत ४ वर्षदेखि सपरिवार अमेरिकाको नर्थ क्यारोलिना राज्यको ‘चार्लोट’ बस्दै आउनुभएको छ ।
राजु भण्डारी, रेडियो नेपालका प्राविधिक अधिकृत, रेडियो अन्नपूर्णका संस्थापक प्राविधिक प्रमुख । जो एक तालिमको सिलसिलामा अमेरिका पुग्नुभयो र उतै सेटल हुनुभयो ।

राजु दाई र भाउजुसँग आफ्नै निवासमा
राजु दाई र भाउजुसँग आफ्नै निवासमा

झण्डै एक दशकसँगै (रेडियो अन्नपूर्ण) सहकार्य गरेका कारण मात्र हैन, एक अन्तरंग मित्र, दुःख सुखका सहयोगी र पारिवारिक सम्वन्धका कारण पनि अमेरिका पुगे पछि मैले उहाँलाई भेट्नै पर्ने सूचीमा राखेकोे थिएँ । मेरो भिसा लागे पछि हवाई टिकट वनाउने क्रममा पहिलो सम्पर्क गरेको व्यक्ति उहाँ नै थियो । ‘ल वधाई छ, तपाईको लागि पनि अमेरिकाको ढोका खुल्यो । अव मज्जाले डुल्ने गरी समय मिलाएर आउनुुुस्,’ उहाँको आग्रह थियो ।
अमेरिका पुगेपछि त्यहाँ वस्ने योजना बुनेका धेरैलाई ग्रीर्नकार्ड वनाउन निकै सास्ती र दौडधुप खेप्नुपर्छ । ४÷ ५ वर्ष नै लाग्ने र कत्तिको त नवन्नेसम्म सुनेको थिएँ । तर, राजु दाई यस्तो भाग्यमानीमा पर्नुहुन्छ जसको एप्लिकेशन फाइल गरेको ३५ दिनमै ‘ग्रीनकार्ड’ प्राप्त भयो । यो धेरैका लागि अविश्वसनिय ‘चमत्कार’ नै थियो ।
४÷ ५ वर्ष लगाएर ग्रिनकार्ड वनाएकाहरु पनि लामो समय सम्म अपार्टमेन्ट मै वस्ने गर्छन तर ‘ग्रिनकार्ड’ प्राप्तीमा जस्तै उहाँले यसमा पनि ‘छलाङ्ग’ नै मार्नुभयो । ६ महिनामा नै २ छोरीहरु (प्रशंसा र इशा) र भाउजु (कल्पना ) लाई उहाँले अमेरिका वोलाउनु भयो र ३ वर्ष मै आफ्लो घर वनाएर सरि पनि सक्नुभयो । यो धेरैका लागि यति छोटो समयमा नै ‘असम्भव’ प्राय थियो । तर यो सब कसरी संभव भयो त ? अथेन्टीक फेन्सी सपका म्यानेजर रहनुभएका राजु दाई भन्नुहुन्छ, ‘मेरो मेहनत, इमान्दारी, साहुको विश्वास, परिवार र भग्यले साथ दिएकाले यो संभव भएको हो ।’
पैतृक सम्पति यथेस्ट भएका मालेपाटनका रैथाने राजु दाईलाई, धेरैले अमेरिका नबस्न सल्लाह दिएका थिए । तर, पनि उहाँले वस्ने नै निर्णय गर्नुभयो । आखिर किन त ? ‘छोरीहरुको सुनिश्चित भविष्यका लागि,’ राजु दाइले भन्नुभयो । ‘यहाँको शिक्षा प्रणाली असाध्यै राम्रो छ । हामी घोकाउछौं, यँहा वुझाउछन् । हाम्रोमा होमवर्कको टेन्सन दिइन्छ अमेरिकामा क्रियटिभ वर्क गराइन्छ । छोरीहरु आ–आफ्नो पेशामा लागेपछि पोखरा नै बस्ने गरी फर्कने हो । आफ्नो ठाउँलाई कहाँ माया मार्न सकिन्छ र ?’ दाइले मलाई चार्लोट एअरपोर्टमा रिसिभ गरेर आफ्नो निवाससम्मको झण्डै पौने एक घण्टाको ड्राइभ गर्दागर्दै गाँठो फुकाउनु भयो ।
राजु दाइकोमा म मेरो ३ हप्ते इन्टरनेशलन भिजिटर लिडरसीप प्रोगाम कोर्ष सकेर न्यूयोर्कवाट जादै थिएँ । वासिंटन डि.सी. पुगेकै दिनदेखि उसो त हामी नियमित सम्पर्कमा थियौं । हरेक दिन जसो दाजु भाउजुसँग नै कुरा हुन्थ्यो । कुराकानीमा सन्चो विसन्चो, गाह«ोसाह«ो पछि दाजु भाउजु कै जिज्ञासा हुन्थ्यो कहिले आउने हो हाम्रोमा ? अगाडि नै भन्नुस है । छुट्टी लिएर डुल्न जानु पर्छ ‘एट्लान्टा’ ।
दशैंमा अपार्टमेन्टबाट दाईहरु नयाँ घरमा सर्नुभएको हो । २ तले नयाँ घर काठले वनाइएको चिटिक्क परेको, साहै« लोभलाग्दो छ । म जाँदा घर पूजा गर्न केही सामाग्री लगिदिने अवसर पाएँ । त्यो सामाग्री पाउँदा दाजु भाउजुको खुसीको सिमा नै थिएन । मैले उहाँहरुको नयाँ घरमा पहिलो पोखरेली पाहुनाको रुपमा वस्ने अवसर पाएँ । वास्तवमै यो सानो कुरा भए पनि खुशीको ऐतिहासिक क्षण थियो । किनकी सानासाना पलहरु, उपलव्धीहरुले नै त आखिरीमा खुसि दिन्छ नि हैन र ? मलाई उहाँहरुको प्रगतिप्रति गर्व छ ।
त्यहाँ वसाईका क्रममा मैले जुन आत्मियता, आतिथ्यता र अभिभाकत्व पाएँ त्यसका लागि म आभारी छु । म यतिवेला सम्झिरहेछु चार्लोटका ‘मल’ हरु घुमेको, दाइको अथेन्टिक सपमा विताएका पल र भाउजुले ‘आइ ब्रो’ गर्ने डिपार्टमेन्टल स्टोरमा रुमल्एिका क्षणहरु ।
दाई, भाउजु र दाईको साथी सञ्जीव (दुलाल) जीसँग लङ्ग ड्राइभमा एटलान्टा गएको स्मरणमा आइरहेछ । जि.पि.एस. जडान गरेर झण्डै ९० माइलको गतिमा नर्थ क्यारोलिना को चाक्लो र पिच हाइवेमा सरर गुड्नुको मज्जै वेग्लै । एट्लान्टा जहाँ सन् १९९६ को ओलम्पिक भएको थियो । विश्वप्रशिद्ध टि.भी. च्यानल सि.एन.एन.को हेडक्वार्टर रहेको एट्लान्टा वास्तवमै सुन्दर शहर रहेछ । मौसमी प्रतिकुलताको वावजुद पनि हामीले त्यहाँको हिन्दु मन्दिर, कोकाकोलाको वाटेल संग्रहालय, एक्वारियम, ओलम्पिक पार्क घुम्यौं । एट्लान्टामा ठूलो स्वामी नारायणको मन्दिर रहेछ । भारतीय वाहुल्य सो ठाउँमा केही मल र रेष्टुराहरु पनि इण्डियन कै रहेछन् ।
सि.एन.एन. भिजिट गर्ने क्रममा त्यहाँ इराक वारको रिपोर्टिङ्ग गर्न प्रयोग गरिएको जिप संग्रहालयमा जस्तै गरी ग्राउण्ड फ्लोरमा राखिएको देख्दा साच्चै कौतुहुलता जाग्यो र इराक वारको सम्झना गरायो । सि.एन.एन.को स्टुडियो भिजिट गर्न ‘टिकट’ काट्ने व्यवश्था रहेछ । त्यहि टहलिँदा हामीले पोखराकै रमासिंह सिंजापति दिदीलाई भेट्यौं । उहाँ त्यहाँको एउटा क्याफेमा ‘सर्भिस’ गर्नुहुँदो रहेछ । सविता दाहाल (शहिद पत्नि ) वैनीले उहाँलाई म अमेरिका गएको वताइसक्नु भएको रहेछ । उहाँले नै राजुदाईलाई दीपेन्द्र भाई पनि आउनु भएको छ ? भनेर सोध्नुभएछ । उहाँसँग केही बेर भलाकुसारी भयो । उहाँको वस्ने आग्रहलाई विनम्रतापूर्वक नकार्दै हामी फर्कियौ, किनकी आजै चार्लोट पुग्नु छ । एट्लान्टा पुग्नु अघि हामीले विच बाटो जस्तैमा पर्ने ‘सेभेन स्टार’ ह्यारिज होटलमा बास वसेका थियौं । यो होटल ‘क्यासिनो’ को लागि ‘फेमश’ रहेछ
म चार्लोटबाट वाल्टिमोर सम्म जाने दिन दिनभरी जसो हामी दाईको कारमा घुम्यौं । एकजना साथीले आइफोन जत्रै साइजमा ‘माइक्रो प्रोजेक्टर’ अमेरिकामा पाइन्छ भनेर जानकारी दिएकोले ४÷५ वटा मलमा धुइँपाताल खोजी गरियो । तर, पाउन सकिएन । भाउजुले, सम्झना वहिनीले (सम्झना अर्याल, कल्पना भाउजुको वहिनी) अनलाइनमा पत्ता लगाएर ‘टार्गेट’ मा पाउन सकिन्छ भन्दा त्यहाँ पनि पाउन सकिएन । अमेरिकामा धेरै जसो खरिद विक्री अनलाइनवाटै हुँदोरहेछ । आफूलाई के चाहिएको हो, त्यो सामान अनलाइनवाटै सपिङ्ग गर्यो वा अर्डर ग¥यो, मास्टरकार्ड, भिसाकार्ड, डेभिड÷क्रेडिट कार्ड मार्फत ति¥यो । सम्वन्धित कम्पनीले निश्चित अवधिमा डेलिभरी गरिदिँदो रहेछ जसलाई ‘सिपिङ्ग’ भनिन्छ । एकजना बजार अध्येता साथीले भन्दै थिए, अव हेर्नुहोस् केही दशकमै मल, डिपार्टमेन्टल स्टोर कन्सेप्ट खारेज हुन्छन् र त्यसलाई अनलाइन सपिङ्गले ‘रिप्लेस्ड’ गरिदिनेछ । शायद ति साथीको कुरामा दम छ ।
माइक्रो प्रोजेक्टरकै रहरमा हामीले त्यो दिन घुम्न भनेर तय गरेका नर्थ क्यारोलिनाको प्रशिद्ध गन्तव्य स्थल चिम्नी रक माउन्टेन, समुद्रतटको मोडेल विच पनि घुम्न भ्याएनौं । अमेरिकामा एउटा ठाउँवाट अर्को मल भएको ठाउँसम्म पुग्न आधा एक घण्टा लाग्छ । अझ अपरान्ह ४ः०० वजे पछि त चर्को ट्राफिक जाम । खास गरी विद्यालय वस र अफिस छुट्टी हुने कारणले यस्तो हुँदोरहेछ । त्यहाँ स्कूल बस आएको देखेपछि टाढैवाट रोकेरै ट्राफिक क्लियर गरिदिनु पर्ने नियम रहेछ । विद्यार्थी वोकेको बसलाई पहिलो प्राथमिकता । हाम्रो पनि यस्तै भए राम्रै हुन्थ्यो होला । त्यहाँको अर्को विशेषता भनेको आफ्नो स्पीड अनुसारको लेनवाट हाक्नु पर्ने । त्यँहा प्रत्येक बाटोमा स्पिड लिमिट तोकिदिएको छ । त्यो भन्दा बढी भए सडकमै जडित सिसि. क्यामेराले फोटो खिची आफू घर पुग्नु भन्दा पहिले नै (इमेल मार्फत) जरिवाना विल पुगिसकेको हँुदोरहेछ ।
चार्लोट बसाइको क्रममै दुरसंचार कार्यालय पोखराबाट सेवा निवृत आदरणीय वुवा विष्णु प्रसाद आचार्य ज्यू सँग पनि भलाकुसारी गर्ने अवसर पाएँ । उहाँको छोरा वुहारी त्यँही वस्नुहँुदोरहेछ । विगत ४ वर्षदेखि उहाँ श्रीमतीसहित छोरा वुहारीकोमा वस्दै आउनुभएको छ । उहाँको अनुभवमा अमेरिकामा युवाका लागि अवसर छ, ज्येष्ठ नागरिकलाई सेवा सुविधा र वच्चालाई विशेष अधिकार । त्यहाँ औषधी उपचारको राम्रो व्यवश्था र विशेष सहुलियत छ । सोही सुविधा लिएर उहाले आफनो ‘असाध्य’ रोग पनि निको पारेको खुशी हुदै वताउदा मलाई पनि खुशी लाग्यो ।
दाईसँग रेडियो जीवनका बारेमा कुरा भए । पुराना दिनहरु सम्झिदै हामी धेरै नै गफियौं । यो क्रममा धेरै साथीहरु सम्झियौं । दुःख सुखका कुरा भए । एफ.एम.का शुरुवातका दिन र झ्मझम् पानी पर्दा हिलाम्मे वाटोमा जुत्ता खोल्दै, पाइन्ट सार्दै एफ.एम. उक्लिएकादेखि, कार्पेटमै रात विताएका, काँहुडाँडामा टावर हुँदा काँधमा एक्साइटर, डिजेल र वनाउने सामाग्री वोक्दै चढेसम्म दुःखका दिन सम्ँिझयौं ।
यहाँ हँुदा डिस्को जानुपर्ने, साथीभाईसँग मनग्गे रमाइलो गर्नुपर्ने, कमाएको पैसा साथीभाइलाई नै खुवाउँदैमा सिध्याउने र घर व्यवहारबारे त्यति वास्तै नराख्ने भनेर राजु दाईप्रति भाउजुको गुनासो सुनिन्थ्यो, तिनै राजुदाई अमेरिकामा पुगे पछि यति ‘ज्ञानी’ वन्नुभएको देख्ने अवसर पाइयो । वास्तवमै यति परिवर्तन देखियो कि, उहाँको प्रगतीमा जस्तै व्यवहारमा पनि ‘छलाङ्ग’ मारेको पाइयो । काम, काम र कामलाई इमान्दारी पूर्वक पूजा गर्ने राजु दाईले भनेको वाक्य चार्लोटबाट ग्रेहाउण्ड बसमा वाल्टिमोर जाँदा रातभरी कानमा गुञ्जिरहयो् ।
संस्थालाई हैन सर कामलाई माया गर्नुस ‘लभ इन जव’ । संस्था आउँछ जान्छ, फेरिन सक्छ तर कामलाई माया गर्नुभयो भने त्यसलाई तपाईलाई वनाउँदो रहेछ जसरी मलाई वनाइरहेछ । युआर राइट दाई …………….। जय होस ।

राजु दाई र भाउजुसँग आफ्नै निवासमा
राजु दाई र भाउजुसँग आफ्नै निवासमा

 

Comments are closed.