खेलाडीको सम्मानमा रेड कार्पेट कार्यक्रम
पोखरा १८ साउन । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुुद विकास समितिका पदाधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमा गत विहीबार र जिल्लामा आइतबार पदाधिकारी नियूक्त गरेको थियो । क्षेत्रमा खगराज पौडेल र जिल्लामा यामबहादुर गुरुङको अध्यक्षमा पदाधिकारी नियूक्त गरेको थियो ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले सोमबार पोखरा रगंशालामा आयोजना गरेको एक कार्यक्रमकावीच दुवै समितिका पदाधिकारीको पदभारग्रहण गरेका हुन् । सोही कार्यक्रममा नवनियूक्त अध्यक्ष खगराज पौडेलले क्षेत्रीय सदस्य र कास्की अध्यक्ष यामबहादुर गुरुङलाई सपथ ग्रहण गराएका थिए । भने अध्यक्ष गुरुङले जिल्ला सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए । कार्यक्रममा खेलसंग संघसंस्थाले फुलमाला र खादाले नवनियूक्त पदाधिकारलाई भब्य स्वागत समेत गरेका थिए ।
पदभार ग्रहण कार्यक्रममा बोल्दै क्षेत्रीय अध्यक्ष पौडेलले नयाँ टिमलाई अवसर र चुनौती दुवै रहेको बताउदै अवसर र चुनौतीको समाना गदै पोखरा तथा पश्चिमाञ्चलको खेलकुद विकासमा अगाडि बढने बताए । उनले पोखरालाई खेलकुदको शहरका रुपमा विकास गर्न सवैको सहयोग र साथ लिएर अगाडि बढने प्रतिबद्धता ब्यक्त गरे । उनले आफनो पहिलो प्राथमिकता पोखरा रगंशालाको एथलेटिक्स ट्रयाकमा सेन्थेटिक्स विछायाउने, र हाइअल्टिच्यूट टे«निङ सेन्टर स्थापना तथा राष्टिय, अन्तराष्टि खेलाडिको सम्मानमा रेड कार्पेट कार्यक्रम आयोजना गर्ने रहेको बताए । खेलाडिहरुलाई रातो कार्पेट विछयाएर अहिले सम्मका राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीलाई रगंशाला भित्राएर सम्मान गर्ने कार्यक्रम केही महिनाभित्रै गरिने पौडेलले बताए ।
उनले तत्कालै हाइअल्टिच्यूट ट्रेनिङ सेन्टर स्थापनाका लागि सम्भाब्यता अध्ययन गरिने समेत बताए । उनले नयाँ र प्रतिभावान खेलाडि उत्पादनका लागी विद्यालयस्तरबाटै खेलकुदको विकास गर्न जरुरी रहेको बताए ।अध्यक्ष पौडेलले पोखरा रगंशालामा निर्माणाधिन भौतिक संचरनालाई पूर्णता प्रदान गदै विगतका राम्रा योजनालाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे । उनले पश्चिमाञ्चलका वभिन्न जिल्लालाई प्रमुख खेलको केन्द्रका रुपमा अगाडि बढाउने योजना सार्वजनीक गरे । उनका अनुसार मुस्ताङलाई आर्चारी, नवलपरासीलाई फुटबल, रुपन्देहीलाई क्रिकेट, कास्कीलाई मार्सलआर्ट र कपिलबस्तुलाई कुस्ती खेलको रुपमा अगाडि बडाउन सम्भाब्यता अध्ययन गरिने बताए । अध्यक्ष पौडेलले नयाँ उर्जा, जोश र जागरका साथ नयाँ टिम खेलकुदमा आएको बताउदै अग्रजहरुको अनुभव, सल्लाह र सुझाव लिएर अगाडि बढने प्रतिबद्धता समेत ब्यक्त गरे ।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले खेलकुद क्षेत्रमा रहेका समस्यालाई समाधान गदै जिम्मेवारी गर्ने बताए । उनले सवैको सहयोग र साथले अगाडि बढने प्रतिबद्धता ब्यक्त गदै समितिले पूर्णता पाएपछि योजना सार्वजनीक गर्ने बताए । सोही कार्यक्रममा चार वर्षे कार्यकाल पुरा गरेका क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दिपक कोइराला र जिल्ला अध्यक्ष सुमन देवकोटालाई विदाई गरिएको थियो । उनीहरुलाई जिल्ला र क्षेत्रका कर्मचारीहरुले फुलमाला र मायाको चिनो प्रदान गरि विदाई गरेका थिए ।
विदाई कार्यक्रममा बोल्दै कोइरालाले विगतमा रोजाईको अन्तिमा पर्ने खेलकुद मन्त्रालय पछिल्लो समय पहिलो स्थापनमा पर्न थालेको बताए । उनले खेलकुदको महत्व बढेका कारण नेतृत्वमा आउन हानथाप हुन थालेको भन्दै विगतमा आफुहरुले खेलकुद क्षेत्रमा गरेका राम्रा कामलाई निरन्तरता दिन नयाँ टिमलाई आग्रह समेत गरे ।
यसैवीच फुटबल प्रशिक्षक शम्भु केसीलाई विदाई गरिएको छ । ५८ वर्षे उमेर हदका कारण जागिरबाट निवृत्त भएका फुटबल प्रशिक्षक केसी राष्टिय खेलकुद परिषद्को अन्र्तगत पश्चिमाञ्चलको प्रशिक्षक रहेर प्रशिक्षण गराउदै भएका थिए । उनलाई मायाको चिनो र खादा अविर लगाएर विदाई गरिएको थियो ।
कार्यक्रममा क्षेत्रीय खेलकुद विकास समितिका प्रकाश तिमिल्सिना, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, क्षेत्रिय खेलकुद समितिका नायव सुब्बा डिवी नेपाली लगायतले बोल्नु भएको थियो । भने कार्यक्रम क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख डेमबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Comments are closed.