प्रकाश डोटेल,
स्याङ्जा, ४ बैशाख-
३ नगरपालिका र ५७ गाविस भएको स्याङ्जालाई यहि बैशाख १४ गते खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिने भएको छ । खुल्ला दिशा मुक्त घोषणा हुने स्याङ्जा नेपालकै २३ औं जिल्ला बन्ने भएको छ ।
जिल्ला विकास समितिको अगुवाईमा विभिन्न १७ वटा उपसमितिहरु गठन गरि घोषणाको तयारीलाई तिव्र पारिएको छ । खुल्ला दिशा मुक्त घोषणा गर्नका लागि प्रधानमन्त्री शुसिल कोईराला उक्त दिन स्याङ्जा आउने कार्यक्रम तय भएको छ ।
फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा २०६६ देखि स्याङ्जामा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना लागू भएको थियो । परियोजनाले २०६७ जेठबाट जिल्लाका गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न थालेको परियोजना संयोजक डोलराज ढकालले जानकारी दिए ।
सरकारले सन् २०१७ सम्ममा नेपाललाई खुल्ला दिशा मुक्त बनाउ“ने अभियान अनुसार परियोजना संचालनमा आएको हो । २०७० मा जिल्लाका ३ नगरपालिका र ५७ गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएका थिए ।
जिल्ला विकास समितिको तथ्याङ्क अनुसार जिल्लामा ६६ हजार १ सय ८५ घरघुरी मध्ये ६२ हजार ३ सय ४७ पक्की र ३ हजार ८ सय ३८ घरमा कच्ची शौचालय निर्माण भएका छन् ।
Comments are closed.