खेलकुदमा गफ हैन्, काम गर्न आएको हुँ ः सदस्य श्रेष्ठ

खेलकुद परिषद्को ५७ औ स्थापनामा दीप प्रज्वलन

 एकराज गिरी/पोखरा १३ भदौ । राष्ट्रिय खेलकुद परिषद्को ५७ औ स्थापना दिवस तथा बार्षिका उत्सवको उपलक्ष्यमा पोखरा रगंशालामा दीप प्रज्वलन गरी मनाइएको छ । राष्ट्रिय खेलकुद परिषद्ले औपचारीक कार्यक्रम नगरेपनि खेलाडीहरुकै सक्रियतामा स्थापना दिवसको अवसरमा दिप प्रज्वलन तथा केक काटेर मनाइएको हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।


कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का नवनियूक्त सदस्य सम्पन्न श्रेष्ठले दीप प्रज्वलन गदै केक काटेका थिए । उनले १३ औ दक्षिण एशियाली खेलकुदमा रजत पदक विजेता राईक्लिङका जमुना थापालाई केक खुवाए । कार्यक्रममा बोल्दै सदस्य सम्पन्न श्रेष्ठले खेलकुदमा गफ भन्दा काम गर्नुपर्ने बताए ।

उनले आफु काम गरेकै कारण केन्द्रीय सदस्यको जिम्मेवारी पाएको बताउदै उनले भने, ‘खेलकुदमा गफ हैन् काम गर्नुपर्छ ।’ उनले गण्डकी प्रदेश खेलकुदको उर्वरभुमी भएको बताउदै भने, ‘म गफमा हैन्, काममा विश्वास गर्छु । त्यसका लागि यहाँका खेलाडी, प्रशिक्षक र खेल प्रेमी सवैले साथदिनुस ।’

उनले खेलकुदमा गण्डकी प्रदेशलाई एक नम्वर बनाउने योजना अनुसार आफु सदस्य बनेका बताउदै भने, ‘खेलाडीहरु खेल्नुस त्यसको लागि वातावरण बनाउने काम म गर्छु ।’ कार्यक्रम राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपकबहादुर गोदारको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव सुभाष खड्काले गरेका थिए । कार्यक्रममा खेलाडी, प्रशिक्ष र खेल संघका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

Comments are closed.