पोखरा, २७ फागुन
नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीले सल्लाहकार चयन गरेको छ ।
मञ्च कास्की शाखाका अध्यक्ष प्रेमनारायण न्यौपानेको अध्यक्षतामा मंगलबार पोखरामा बसेको नियमित तेश्रो बैठकले सल्लाहकार चयन गरेको हो । सल्लाहकारहरुमा मञ्चका निवर्तमान अध्यक्ष विनोद लामिछाने, मञ्चका संस्थापक तथा नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष रामकृष्ण ज्ञवाली र जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष सुमन देवकोटालाई सल्लाहकार समितिमा चयन गरेको हो ।
त्यसै गरी मञ्चले मञ्चका सम्पुर्ण साधारण सदस्य सहितका पदाधिकारीहरुको लागि परिचयपत्र नविकरण गर्ने जनाएको छ । क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष दिप कोईराला, नेपाल क्रिकेट संघको कार्यवाहक अध्यक्षमा चयन भएका, मञ्च कास्कीका सहसचिव अर्जुन गिरी प्रेस चौतारी कास्कीको सचिव पदमा निर्वाचित भएका तथा मञ्चका सचिव दिननाथ बराल जिल्ला विकास समिति कास्कीद्धारा प्रदान गरिने बर्ष जिल्ला उत्कृष्ट सम्मानबाट सम्मानित भएकोमा बधाई ज्ञापन समेत गरेको छ ।
Comments are closed.