पोखरा, ८ पुस ।
नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको तेस्रो जिल्ला अधिवेशन यही पुस २१ गते हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको सोमबार बसेको बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति र निर्वाचन समिति गठन गरेको छ ।
बैठकले अतिथि स्वागत सत्कार उपसमिति संयोजकमा मञ्चका अध्यक्ष विनोद लामिछाने, सङ्घसस्था समन्वय उसमिति संयोजकमा उपाध्यक्ष प्रेमनारायण न्यौपाने, आर्थिक सड्ढलन उपसमिति संयोजकमा कोषाध्यक्ष दिननाथ बराल तथा सदस्यमा अर्जुन गिरी र हिमाल लम्साल, प्रचार–प्रसार संयोजकमा सचिव एकराज गिरी र सदस्यमा नारायण शाही, खाजा खाना व्यवस्थापन समिति संयोजकमा सदस्य सागरराज तिमिल्सिनालाई चयन गरेको छ ।
अध्यक्ष विनोद लामिछानेको अध्यक्षतामा बसेको बैठकले अधिवेशन सम्पन्न गर्न तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ । समितिको सदस्यमा खेलकुद पत्रकार मञ्चका महासचिव महेश आचार्य, पत्रकार महासङ्घ कास्कीका पूर्व सचिव दीपेन्द्र श्रेष्ठ र कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल रहेका छन् ।
अधिवेशन नेपाल खेलकुद पत्रकार मञ्चका केन्दीय अध्यक्ष अजय फुँयालको आतिथ्यमा सम्पन्न गर्ने निर्णय बैठकले गरेको मञ्च कास्कीका सचिव एकराज गिरीले जानकारी दिए ।
Comments are closed.