खैरो हिरोइन सहित वडाध्यक्ष पक्राउ

वडाध्यक्ष अमिरिका सहनी सहित ३ जना खैरो हरोइनसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले ७९ ग्राम खैरो हिरोइनसहित पकहाँ मैनपुर गाउँपालिका– १ धोरेका वडाध्यक्ष अमिरिका सहनी सहित ३ जना खैरो हरोइनसहित पक्राउ गरेको हो । वडाध्यक्ष सहनी चढेको ना. १ ब.३५९५ नम्बरको सरकारी मोटरसाइकल वीरगञ्ज महानगरपालिका– १९ मा आइतबार राति चेकजाँच गर्दा खैरो हिरोइन बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।उनको मोटरसाइकलमा पछाडि सवार ५२ वर्षीय रामआदेश सहनी र पछाडि आएका ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका १ कै ४० वर्षीय बलिष्टर सहनीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेका वडाध्यक्षसहित तीनै जनामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । वडाध्यक्षसँग पक्राउ परेका सहनीको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको बताइएको छ ।

Comments are closed.