खै भावीले के लेख्यो, राम्रो थियो चिना र टिपनमा

-दिदी बिमला घर्ती

सानो बेलामा दुइवटा भाइहरुलाई हात समातेर स्कूल लाने लैजने बेलामा छुकछुक चल्थ्यो, जहिले टोलाएर माथिमाथि ठूलो विल्डीङहरु हेरेर खै के सोच्थ्यो होला घर पु¥याउनै गाह्रो । अलि ठूलो भएपछि सानो बाबुले त्यो बेला एकदम चल्ने कार्टुनहरु जम्मा गथ्र्यो रेशरलहरुको फोटो र पेपर कटिङहरु टाँसेर फाइल बनाउँथ्यो । उसको स्पेशल कलेक्शन कति चिटिक्क परेका हुन्थे अनि उसको बयान सुनिदिनु पथ्र्यो मैले । रिस उठेपछि कान्छुले सबभन्दा पहिले मेरो हेयर ब्याण्ड खोज्दै हिड्थ्यो त्यहि भाँच्नलाई । सम्झीँदा भक्कानिएर आउँछ । बि.ए. पढ्ने बेलामा उसको जाँचको केही दिन अगाडिदेखि रातभर मलाई उठाएर पढाउँथ्यो अनि बल्ल उसलाई आनन्द आउँथ्यो । हामीसँगै बसेर कति फिल्म हेरीन्थ्यो । यो पटक हवाई यात्रामा निन्द्रा, भोक सब नहुँदा टोलाएर कयौं घण्टा बस्दा फ्लाइटको स्क्रिन समेत हेर्न सकिएन भाइको हँसिलो अनुहार झल्झली आँखामा नाचिरहन्छ । कति धेरै जिस्कीनु पथ्र्यो उसलाई ।


भावीले के लेख्यो होला ? चिना र टिपनमा यति धेरै गुणहरुले सम्पन्न लक्ष्मी र सरस्वति दाहिना हुने र जीवनमा सुनाम चल्ने र पख्र्यात हुने थियो । ईश्वरले त्यो फुल जस्तो कोमल शरिरलाई कसरी चुडेर लग्यो । दैव पनि कति निष्ठुरी ।


एक पटक राति करिब १ बजेतिर हामी फिल्म हेर्दै थियौं, पुरानो हिन्दी फिल्मको हिरोको जस्तो मसिनो जुँगा –गाजलको बनाएर कोठामा आउँदा हामी चारै जना यति मुर्छा पर्ने गरी हाँस्थ्यौं । ममी ब्युझेर गालि पनि मज्जाले खायौं । २०६८ असोज ३ गते बिहान सात बजे मणिपाल अस्पतालमा योजनालाई लिएर गइयो, मणिपाल अस्पताल त्यस दिन बन्द थियो ११ बजेसम्म गाइने वार्डमा राख्दा नानी नजन्मिए पछि अब डाक्टरको आवश्यकता हुने ठानी हतार हतार गण्डकी अस्पताल पु¥याइयो । भर्ना गरेको रातभर ब्यथा लाग्यो । बिहान ५ बजे छोरी जन्मिई । सानी दुई किलो चार सय ग्रामको शरिर लिएर आई हाम्रो जीवनमा । त्यस दिनको खुशी यो घरमा यसरी आयो सबैको मुटुको टुक्रा आँखाको नानी हाम्रो छोरीले सबैलाई बाँच्ने र जीउने एउटा बलियो आधार दिई । त्यसै दिन फुपुको काखमा पहिलो पटक प्यारो मिठो मुस्कान दिई, त्यो मुस्कान यति प्यारो सम्झना बनेर रह्यो जुन अब प्रत्येक बच्चाबच्ची मुस्कानमा फुपुको श्वास चल्दासम्म बाँचीरहने छ ।


1016528_10151678877748950_845149171_n (1)

nanu

सानीले एक पटक लोड सेडिङ भएको बेलामा कुरा हुँदा भनि–‘अहिले अँध्यारो छ म देख्दिन, भोली उज्यालो भएपछि आऊ है ।’ कति मिठो बोली, असाधारण माया बोकाएर आँखाभरी उसको लागि देखेका सपनाहरु त्यतै चुडाएर गई ।


 ठुलो दिज्यु (फुपु) भन्थी माया गरेर मेरी सानीले । जस्तो उसको बाबा उ जस्तै मायाको डोरोले बाँधेर राख्ने उसको न्यानो अंगालो थियो । करिब नौ महिना अगाडि झण्डै साढे दुई वर्षकी हुँदा काठमाण्डौमा फुपुलाई भेट्न आमा (हजुर आमा) र ड्याडी बाबा (हजुरबुबा) सँगै पुग्दा त्यत्रो सानो बच्चाले फुपुलाई मैले तिमीलाई के ल्याइदिएको हेर त भन्दै फुपुको बिहेको एल्बम देखाई, त्यो पनि सानो प्लाष्टिकको ब्यागमा । अचम्म अचम्मका दिन दिनै र छिन छिनैका सम्झना छोडेर गई । फोन गर्थी, नबुझीने के के हो के के कुरा गरेर अनि भन्थी आऊ के तिमी आऊ न, आऊ न आऊ, छिटो आऊ फेरी अरु केही बोल्नै नपाउँदै आऊ न आऊ, मेरो बर्थ डे मा केक काटेको छ, छिटो आऊ खान आऊ भन्थी । एक पटक लोड सेडिङ भएको बेलामा कुरा हुँदा भनि अहिले अँध्यारो छ म देख्दिन भोली उज्यालो भएपछि आऊ है, कति मिठो बोली, असाधारण माया बोकाएर आँखाभरी उसको लागि देखेका सपनाहरु त्यतै चुडाएर गई । जाँ गई त्यहाँ पनि बाबा त्याँ पनि यही खुशी बाँड माया साट, आमा बाबाको काखमा उस्तै गरी खेलीरहु , उस्तै प्यारी र राम्री भइरहु हामी पनि आउँदैछौं बाबा तिमीसँगको माया, ममता सधैं मनमा लिएर बाँचेका छौ र तिमीहरु सबैलाई भेट्न आउनेछौं । उही स्वर्गीय संसारमा जहाँ हाम्री रोजु नाच्छे गाउँछे र खेल्छे । रोजेटको पहिलो स्कुल त्रीवेणीमा खुशी खुशी जाने आउने गर्थी तर बिरामी भएर केही दिनमा घरमा बसेपछि जुनियर सिटिजन एकेडेमीमा भर्ना गरियो । उसका प्यारा प्यारा साथिहरुसँगै खेल्ने गर्थी स्कूल पु¥याउने र लैजाने बेलामा बसमा काखमा राखी उकाल्ने ओराल्ने मामाहरु उसलाई प्यारो गरेर ए राम्री आउ छिटो भन्थे । स्कूलबसबाट घरसम्म पुगेर काखमा बोकेर दौडिने बेलासम्म दुध नखाँदा सानो मामाले एकचोटी छिटो खाऊ राम्री नत्र स्कूल लान्न भन्थ्यो । ठूला दादा, दिदीहरु र स्कूल मीसहरुको काखमा बसमा जाने आउने गर्थी । घरमा आएर उसलाई मिस बन्नु पथ्र्यो । बाबा, ममी, आमा र अर्चु दिज्युलाई लाइन लगाएर पिटि शारिरक ब्यायम गराउँथी । एउटा लठ्ठी लिएर पढ्न बसाउँथी त्यो बेला मिस भन्नु पथ्र्यो उसलाई । अनि कसैले पनि मोबाइल चलाउने, सानो स्वरले पढ्ने गफ गर्ने ग¥यो भने लठ्ठी खाइहाल्थ्यो त्यो पनि मज्जाले उसलाई थाहै थिएन कतिको कुट्यो भने दुख्छ भनेर । अनि उसलाई क्यापिटल लेटर मात्रै लेख्न आउँथ्यो । ठूलो ‘ब्’ ठूलो भइहाल्यो सानो ‘ब’ असाध्यै सानो तर क्यापिटल ब् नै हुन्थ्यो । पढाएको बेलामा मीसलाई हेरेर हाँस्न पनि नपाइने । राम्रो भन्यो भने गुड पनि पाइन्थ्यो । रोजुले तिहारमा नाचेको आँखाभरी नाचीरहन्छ । उसको लागि नै भनेर ममीले देउसी टोलीलाई छिट्टै साँझमा बोलाउनु भएको थियो । धेरै बेर नाचेपछि थकाई लागेपछि सानीले अर्चु दिदीलाई भनि म त ड्याम कि ड्याम नाचिदिएँ । के हो त्यस्तो ड्याम की ड्याम नाच्ने भनेको त योजनाले बेला बेलामा रिस उठ्यो भने भन्दी रहीछ अहिले ड्याम कि ड्याम दिन्छु अनि खालीस् । त्यही भएर जे पनि ड्याम की ड्याम अनि उसको नाच पनि ड्याम कि ड्याम ।

Comments are closed.